तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा छेमाङ तामाङ सर्वसम्मत

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ सोसाइटी अफ अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहर स्थित सत्यनारायण मन्दिरमा सम्पन्न भएको १० औं महाधिबेशनबाट छेमाङ तामाङ सर्वसम्मतले अध्यक्षमा चुनिएको छ। उहाँले सन् २०२० देखि २०२२ सम्म अध्यक्ष पद सम्हानेछन्। १० औं महाधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको तामाङ समाज अमेरिकाका पुर्व अध्यक्ष गोमा योन्जनले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। जसमा अध्यक्ष छेमाङ तामाङ, उपाध्यक्ष कुन्सङ लामा, महासचिव प्रविन लामा, सचिव रामबहादुर गोले, कोषाध्यक्ष निमा लामु लामा, सहकोषाध्यक्ष मनोज तामाङ, सदस्यहरुमा सानू मुक्तान, दावा तामाङ, अनिता लामा मोक्तान, पासाङ लामा र सुनिता तामाङ चुनिएका छन्। यस अघि अध्यक्ष पद गोमा योन्जनले सम्हानु भएको थियो।

तामाङ सिन्धुली मजुव नागीमा जन्मनुभएको थियो। लामो समय देखि अमेरिका बस्दै आउनुभएका उहाँ सामाजिक अभियन्त तथा अमेरिकी मुलधारमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता हुनु पर्ने धारणा का साथ नेपाली समाज र तामाङ समुदायमा लामो समय देखि पहलकदमी लिदै आउनुहुने व्यक्तित्वको रुपमा परिचित छन्। 

TSA अर्थात तामाङ सोसाइटी अफ अमेरिकाले अमेरिका भित्रका सम्पुर्ण तामाङहरुलाई संगठित गर्ने अभियानमा छ। संस्थाले अमेरिकामा बसोबास गर्ने तामाङहरुमा आफ्नो संस्कार, संस्कृति, धर्म, भाषा पहिचानको संरक्षण सम्बर्द्धन गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

 

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार