स्नातक र स्नातकोत्तरको रोकिएको परीक्षा सन्चालनको तयारी

विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने वा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो ।

  जन्मभूमि संवाददाता

काठमाडौँ
त्रिभुवन विश्वविद्यालय अन्तरगतको स्नातक र स्नातकोत्तर तहको रोकिएको परीक्षाको तयारी गरिरहेको जानकारी आएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने वा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिनुभयो ।

विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने नियन्त्रक जोशीले जानकारी दिनुुभयो । यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुुभयो ।

साथै स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने भएको छ । यो परीक्षा दशैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ ।

विश्वविद्यालयले यसको औपचारिक सूचना साउन ७ गतेपछि दिने भएको छ । सरकारले कोरोना भाइरसको नियन्त्रणमा तथा व्यवस्थापनका लागि जारी बन्दाबन्दीको पछिल्लो समय साउन ७ गते सकिने भएकाले त्यसपछि कार्यतालिका सार्वजनिक गर्ने योजनामा आफूहरू रहेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।

विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विद्यार्थीलाई जोगाउँदै सामाजिक दूरी कायम गरेर भए पनि परीक्षा लिने र परीक्षा केन्द्रसमेत थप गर्ने योजना बनाएको छ । परीक्षा नियन्त्रक जोशीले विद्यार्थीको अबको परीक्षा सामाजिक दूरी कायम गरेर लिइने बताउनुभयो । यसबाट विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन सकिने र परीक्षा लिनसमेत सहज हुने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो ।आजको गोरखापत्र दैनिकबाट

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार