जाँडोमा न्यानो सहयोग लिएर सल्भेसन मिसन पुगे बाँसखर्का

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
जुगल २ लिदि पहिरो पीडितहरुलाई सल्भेसन मिसन नामक संस्था द्वारा जाडोको मौसममा न्यानो सहयोग गरेका छन् । गत साउन ३० गते गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा ३९ बेपत्ता भएका थिए भने २ अझै बेपत्ता छन् । त्यस पश्चात् करिब १५६ घर परिवार पुरानो थलो छाडी अस्थायी रुपमा बाँसखर्का सरेका छन् ।

संस्थाले चामल 25 kg का दरले १४८ बोरा, जाडोको मौसममा न्यानो फाइबर ब्ल्यांकेट २७८ थान, पोलर जाकेट ७४० थान पीडितको अस्थायी वासस्थान बाँसखर्कामै पुगेर बितरण गरेका छन् ।

उक्त वितरण कार्यक्रममा वडा अध्यक्ष प्रताप लामाको उपस्थिति रहेको थियो । लामाले पिडितको यो पिडामा मह्लम लगाउन सहयोग गर्नु भएकोमा खुसी व्यक्त गर्दै वडा अको तर्फबाट र पीडितहरुको तर्फबाट बिशेष आभार र धन्यवाद ज्ञापन गर्नुभयो ।

लामाका अनुसार सल्भेसन मिसन संस्थाले पीडित विस्थापितहरुको लागि एकीकृत बस्ती निर्माण समेत गर्ने योजना रहेकोले आवस्यक समन्वय गरिरहेको समेत जानकारी दिनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार