बेलेफि गाउँ पालिका नेपाली काँग्रेस प्रत्यासी उम्मेदवार रामकुमार तामाङ क्षेत्रीय उपसभापतिमा मनोनित

सिन्धुपाल्चोक, बाह्रबिसे
नेपाली काङ्ग्रेसका युवा नेता एवं बलेफि गाउँपालिका प्रत्यासी उम्मेदवार रामकुमार तामाङ क्षेत्र नं. १ उपसभापतिमा मनोनित हुनुभएको छ। उहाँ निर्बाचित क्षेत्रीय सदस्य समेत हुनुहुन्छ। सिन्धुपाल्चोकको स्थानीय पालिकाहरु मध्ये कमजोर भोट संख्या अनुमान गरिएको बलेफी गाउँ पालिकामा गएको चुनावमा तामाङले बलेफी गाउँ पालिका भित्र नपत्याउँदो भोट ल्याएका थिए। केही भोटले मात्र पराजित भएका तामाङलाई आफ्नै पार्टी भित्रकै कार्याकर्ताहरुले धोका दिएका कारण सो हार व्योहोरेको चर्चा छ ।

आज नेपाली काँग्रेस बाह्रबिसे नगर कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा तामाङलाई उपसभापतिमा मनोनित गर्दै स्वागत एवं बदाई दिनुभएको छ। पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काँग्रेसका नेता कार्याकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।                                                                              आउदै गरेको बडा दशैँ तथा दिपावलिको शुभकामना आदानप्रदान कार्यक्रम संगै नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश पनि गरेका छ्न। प्रवेश गर्नेहरू बाह्रबिसे नगरपालिका वडा ३ बालुवा बाट रहेको नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। नव प्रबेशीहरुलाई
केन्द्रीय सदस्य खेलकुद बिभाग प्रमुख पुर्ब सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतबाट टीका खाता लगाइ स्वागत गरेका छ्न। 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार