काठमाडौं
नेविसंघ पद्मकन्या क्याम्पसको नयाँ कार्यसमिति सभापतिमा चन्द्रकला तामाङ चुनिएकी छिन् । बागबजार स्थित यस क्याम्पसमा आज सम्पन्न भेलाले तामाङको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
भेलाले क्रमशः वरिष्ठ उपाध्यक्षमा दीक्षा बडु, उपाध्यक्षद्धयमा रिंकी मेहता र कविता गौतम, सचिवमा संकल्पिका थापा, सन्ध्या बस्याल, श्रद्धा थापा चयन गरेको छ । त्यस्तै, सह सचिवमा अस्मिता विश्वकर्मा, कृतिका बराल, ममता पुजारा, कोषाध्यक्षमा चेतना नहर्की, सह कोषाध्यक्ष उवर्सी पाण्डे बनेका छन् ।
जुझारु, प्रष्ट वक्ताका रुपमा चिनिएकी तामाङले सभापतिमा चयनपछि संगठनले दिएको जिम्मेवार पूरा गर्न आफू लागिपर्ने र लोकतान्त्रिक सिद्धान्तमा रहि नेविसंघको लक्ष्य, विद्यार्थीहरूको भविष्य निर्माण गर्न लागि पर्ने बताइन् ।