लिदिको तामाङको पीडामा संसारका तामाङ एकजुट, अहिले सम्मकै ठुलो नगद सहयोग प्राप्त

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल २ लिदि पहिरो पीडितहरुको पिडामा मल्हम लगाउन संसारभरका तामाङहरु एकजुट भै सहयोगमा उत्रिएका छन्। तामाङहरुको गौरवशाली संगठन नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषदको विशेष समन्वयमा र सिन्धुपाल्चोक जिल्ला घेदुङको पहलमा हाल सम्मकै ठूलो नगद रकम पीडित र प्रभावितहरुका लागि वितरण गर्न सफल भएको हो। यसरी नगद राहत रकम जम्मा गरि पठाउनेहरुमा प्रवासका तामाङ संघ संगठनहरु बेल्जियम तामाङ समाज, तामाङ समाज जापान, तामाङ संघ दक्षिण कोरिया, तामाङ समाज ख्याङ्सान बुसान, तामाङ घेदुङ हङकङ, तामाङ घेदुङ यू.के., बहराईन घेदुङ, मलेसिया घेदुङ, कतार घेदुङ, साइप्रस घेदुङ र मकाउ घेदुङ रहेका छन्। त्यस्तैै चौतारा साँगाचोक गढि नगर घेदुङको नेतृत्वमा विभिन्न मनकारी दाताहबाट रु. १,१७,५००/- संकलित नगद रकम पनि एकमुुष्ट रुपमा हस्तान्तरण गरिएको छ।

अन्तर्राष्ट्रिय तामाङ संघ संगठनहरुबाट प्राप्त रकमको विवरण यस्तो छ ;

त्यस्तै गरि सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोले जिल्लाकै अन्य दाताहरु मार्फत करिब ४ लाख नगद सहयोग उठाउनु भएको थियो। यसरी करिब २६ लाख भन्दा बढी नगद रकम पिडित र प्रभावितहरुका लागि संकलन गरि अस्थायी बासस्थान बाँसखर्का मै पुगि हस्तान्तरण गरेका छन्। हस्तान्तरणका लागि पुर्व माननीय तथा घेदुङ संघिय सल्लाहकार दावा तामाङ, घेदुङ संघिय अध्यक्ष मोहन गोले, अन्तरास्ट्रिय तामाङ परिषद (ITC) का वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङ, घेदुङ महासचिव बाबू घिसिङ, ITC महिला उपाध्यक्ष अस्मिता वाईबा, चौतारा साँगाचोक गढी नगरपालिका प्रमुख अमान सिं तामाङ, घेदुङ संघिय सदस्य राम लामा, जिल्ला घेदुङ सि.पा. अध्यक्ष रेशम स्याङ्बो लगायत घेदुङका अन्य पदाधिकारीहरु पुग्नुभएको हो।

राहत स्वरुप उठेको एकमुष्ट रकमलाई पिडितहरुलाई तत्कालको समस्या टार्नको लागि भन्दै प्रती मृतक परिवारलाई रु.६०,०००/- का दर, घरबार बिहिनहरुलाई रु.२५,०००/- र प्रभावित परिवारलाई रु.१००००/- का दरले नगद राहत रकम पिडितको हातहातमै बाँडिदिएका छन् ।

घेदुङ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रेशम स्याङ्बोले हाल विश्व नै कोभिड १९ ले प्रभावित भैरहेको समयमा समेत रगत पसिना बगाई यसरि अाफ्नाे समुदाय  समस्यामा परेकाे बेलामा पीडितलाई आत्मबल बढाउने र मलम पट्टीकाे भुमिका निर्वाह गर्नु भएकाेमा नेपाल तामाङ घेदुङ र अन्तराष्ट्रिय तामाङ परिषद सहित सहयोगमा अहोरात्र खटिनु भै एकएक गरि संकलन गरि पठाउनुहुने प्रवासका सम्पुर्ण तामाङ संग संगठन प्रती अत्यन्तै हर्षित भएकोले खुलेर प्रशंसा गर्नुभयो। यो सहयोगले हरेक तामाङहरुको मनमा आफ्नो समुदाय प्रतिको गौरव बढाएको महशुस अवस्य सबै तामाङले गर्ने उहाँको धारणा थियो।

त्यस्तै घेदुङ संघिय अध्यक्ष मोहन गोलेले घेदुङ तामाङ समाजमा पर्ने जस्तो सुकै विपत्तिहरुमा ज्यान दिएर सहयोगको लागि अघि बढेको बताउँदै विस्थापित समुदायलाई ब्यवस्थित पुनर्वास र बस्ति स्थानान्तरणकाे कार्यमा राजनिति नगरी जिम्मेवारी पुर्वक लाग्नका लागि नेपाल सरकार संग माग राख्नु भएको छ।

पुर्व माननीय दावा तामाङले लिदि पहिरोबाट ज्यान गुमाएको खबरले संसारका तामाङहरुको मुटु दुखेको धारणा राख्नुभयो। यो घटनाले सबै तामाङको मन रोएको बताउनुभयो। राहत संकलनमा बिशेष योगदान पुर्याउनु भएका ITC का वरिष्ठ उपाध्यक्ष टासी लामाले प्रवासका सम्पुर्ण तामाङ संग संगठनहरुलाई हृदय देखि नै आभार प्रकट गर्दै उहाँ मार्फत पठाउनुभएको सन्देशहरु सुनाउनुभएको थियो। भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार