धुस्कोट ल्होछारमा प्रहरी निरीक्षक विक्रान्त तामाङ जन्मभूमि पोष्टद्वारा सम्मानित हुने

संघर्षबाट सफलताको शिखरमा पुगेका विक्रान्त तामाङलाई ल्होछार समारोहमा सम्मान

सिन्धुपाल्चोक
नेपाल प्रहरीको प्रहरी निरीक्षक (Inspector) पदमा नाम निकाल्न सफल विक्रान्त तामाङलाई धुस्कोट बृहत् सोनाम ल्होछार तथा बौद्ध धर्म प्रवचन कार्यक्रमको अवसरमा सम्मान गरिने भएको छ। कठिन परिस्थितिमा पनि निरन्तर संघर्ष, आत्मविश्वास र स्व–अध्ययनको बलमा उल्लेखनीय सफलता हासिल गरेको योगदानको कदरस्वरूप उहाँलाई जन्मभूमि मिडियाद्वारा सम्मान गर्न लागिएको जन्मभूमि पोष्टका सञ्चालक प्रीतम गोले तामाङले जनाएको छ।

विक्रान्त तामाङको जन्म २०५१ साल असोज ६ गते फुर्पा तामाङ र ङेमा लामो तामाङको कोखबाट जुगल ७ याङ्लकोटमा भएको हो। उहाँले प्रारम्भिक शिक्षा जुगल गाउँपालिका–७ स्थित श्री जलदेवी माध्यमिक विद्यालयबाट हासिल गर्दै सधैं प्रथम हुने विद्यार्थीका रूपमा आफ्नो पहिचान बनाउनु भएको थियो। एसएलसीपछि सोही विद्यालयमा तीन वर्ष शिक्षकको रूपमा सेवा गर्दै कलेज नगइकनै व्यवस्थापन र शिक्षा संकायमा +२ उत्तीर्ण गर्नु भएको थियो।
२०७२ सालमा पहिलो प्रयासमै प्रहरी सहायक निरीक्षक (ASI) पदमा नाम निकाल्दै नेपाल प्रहरी सेवामा प्रवेश गर्नु भएका तामाङले सेवाकालमै जलवीरे भ्याली क्याम्पसबाट स्नातक र त्रि–चन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभयो। २०७९ सालमा पहिलो पटक प्रहरी निरीक्षकको परीक्षा दिँदा लिखित उत्तीर्ण भए पनि अन्तर्वार्तामा असफल हुनुभएको थियो। तर निरन्तर मेहनत र आत्मविश्वासका साथ दोस्रो प्रयासमा २०८२ सालमा प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल हुनुभयो।
कुनै पनि भौतिक वा अनलाइन कक्षाको सहारा नलिई शुद्ध स्व–अध्ययनकै भरमा सफलता प्राप्त गर्नु उहाँको विशेषता हो। हाल उहाँ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आधारभूत तालिम लिइरहनु भएको छ।

गरिबी, पारिवारिक चुनौती र सीमित स्रोतबीच पनि आफ्नो सपना पूरा गर्न दृढ संकल्प र कडा मेहनत आवश्यक हुन्छ भन्ने सन्देश दिन सफल विक्रान्त तामाङ आज समाजका युवाहरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ। उहाँको यो उपलब्धिले संघर्षशील युवाहरूलाई नयाँ ऊर्जा र आत्मविश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।

धुस्कोट सोनाम ल्होछार बृहत् सांस्कृतिक तथा बौद्ध प्रवचन कार्यक्रम यहि माघ १० गते शनिबार हुनेछन् । सबैमा आयोजकले चुल्हे निम्तो समेत दिएका छन् । कार्यक्रममा लाइभ म्युजिक सहितको हुनेछन्। सांस्कृतिक एवं सांगीतिक कार्यक्रमका लागि वरिष्ठ गायक प्रेम लोप्चन, चर्चित गायिका सुमिना लो, गायक प्रीतम गोले, गायक अर्पण थिङ तामाङ, मोडल रेनुका थिङ तामाङ, नायक द्वय इश्वर लामा, प्रेम गोले, खान्दोके गायक द्वय बैरागी अभिषेक वाईबा र कर्म गोले सहभागी हुने भएको छ । साथै कार्यक्रम सञ्चालन मोडल तथा सञ्चालिका बिपास्ना तामाङले गर्ने तय भएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार