“पत्रकार क्षमता अभिवृद्धिको वर्ष” को रुपमा अघि बढ्नेछु – महासंघ अध्यक्ष दंगाल

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीहरुको आज पदभार ग्रहण समापन भएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा महासंघको हलमा भएको कार्यक्रममा निर्वाचन अधिकृत अमित घिमिरेले निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश परिषद सदस्यहरु र केन्द्रिय परिषद सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष जीवन श्रेष्ठले अध्यक्षको पद नव अध्यक्ष दंगाललाई हस्तान्तरण गरेको छ ।

त्यस पश्चात् जिल्ला कार्यसमितिको पहिलो बैठक समेत सम्पन्न गरेको छ । पहिलो बैठकले ३ वर्षे कार्यकाललाई पत्रकार क्षमता अभिवृद्धिको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको अध्यक्ष ध्रुव दंगालले बताउनुभयो । साथै पत्रकारिता पेशालाई मर्यादित, व्यवसायीक र संस्थागत रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार