गायक आस्मान लोप्चनले सोनाम ल्होछारको अवसरमा तिन वटा अन्तरास्ट्रिय स्टेज तताउने

काठमाडौं
लोकप्रिय गायक एवं सर्जक आस्मान लोप्चनले यो वर्षको सोनाम ल्होछारमा नेपाल बाहेक तीन अन्तरास्ट्रिय देशहरुमा सांगीतिक प्रस्तुति दिने तय भएको छ। जसमा अष्ट्रेलिया, कुवेत र इन्डियामा आयोजना हुने कार्यक्रमहरु रहेको उनले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

गायक लोप्चनले जनवरी २० मा भारतको कालिङपोङ, जनवरी २४ मा अस्ट्रेलियाको सिड्नीमा तामाङ सोसाइटी अफ एनएसडब्लुद्वारा आयोजित ल्होछार कार्यक्रम र फेब्रुअरी १३ मा नेपाल तामाङ घेदुङ कुवेतको कार्यक्रममा धमदार प्रस्तुति दिँदै छ।

लोप्चनको यो अन्तरास्ट्रिय सांगीतिक यात्रा पहिलो भनें होईन। उनले यस अघि पनि थुप्रै देशहरु युके, कोरिया, मलेसिया, दुवईमा आफ्नो सफल प्रस्तुति दिसक्नु भएको छ। उनको “तामाङको हुल उठ्यो”, वाला वाला रिवन, जाउ हिड लन्डन, झिल्के खुवाली’, यार्साली दोस्ती’, आगो त बाल्ने सलाईको, हाम्मै सरी खै लाला लगायत दर्जनौं गितहरु हिट छन्। भर्खरै उनले तामाङ पाराले बोलको नयाँ खान्दोके सेलो सार्वजनिक गरेको छ। जुन गितलाई समेत दर्शक श्रोताले निकै माया गरिरहेको छ।

हाम्रो तर्फबाट पनि गायक लोप्चनलाई सफल सांगीतिक यात्राको लागि हार्दिक शुभकामना।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार