आस्मान लोप्चन र मेलिना राईको स्वरमा नयाँ आधुनिक गीत “कोरियन लाहुरे” सार्वजनिक

  प्रितम कुमार तामाङ

काठमाडौं
गणेश योञ्जन तामाङको रचनामा आधारित नयाँ नेपाली पप आधुनिक गीत ‘कोरियन लाहुरे अनलाइन धाइरहन्छु’ शनिबार सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक आस्मान लोप्चनको स्वरमा रहेको गीत Click Nepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

इलाम घर भइ विगत ८ वर्षदेखि दक्षिण कोरियामा रोजगारीमा रहेका गणेश योञ्जनले प्रविधिको युगसँग मेल खाने गरी सामाजिक सञ्जालमा युवापुस्ताबीच बढ्दो प्रेम सम्बन्धको विषयलाई गीतमा समेटेका छन्। उनका अनुसार फेसबुकजस्ता सामाजिक सञ्जालमा फोटो र भिडियोमार्फत हुने चिनजान, बढ्दो सम्बन्ध र प्रेमको अविश्वसनीयता गीतको मूल विषयवस्तु भएको बताएका छन्।

गीतको म्युजिक भिडियोमा गायक स्वयं आस्मान लोप्चन र चर्चित मोडल सञ्जना गुरुङको अभिनय तथा नृत्य देख्न सकिन्छ। छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अनिल विष्ट, संगीत संयोजन अर्पन थिङ, र संगीत संयोजन तथा मिक्सिङ विशाल काल्तानले गरेका छन्।

गीतकार गणेश योञ्जनले म्युजिक भिडियोको निर्माण समेत आफैंले गरेका हुन्। भिडियोले सामाजिक सञ्जालमा प्रेम सम्बन्धको यथार्थ चित्रण गर्दै महत्वपूर्ण सन्देश दिएको छ।

भिडियो हेर्न क्लिक गर्नुहोस्;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार