सोनाम ल्होछारमा लामोसाँघु युवा क्लबले बृहत सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गर्ने

लामोसाँघुमा सोनाम ल्होछार विशेष अन्तरविद्यालय नृत्य प्रतियोगिता आयोजना हुने

सिन्धुपाल्चोक
तामाङ समुदायको नयाँ वर्ष तथा नेपालीहरूको महान पर्व सोनाम ल्होछारको अवसरमा बलेफी गाउँपालिका–८ स्थित लामोसाँघु युवा क्लबले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम अन्तर्गत ल्होछार विशेष अन्तरविद्यालय नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने आयोजक क्लबका अध्यक्ष चरिबहादुर तामाङले जानकारी दिनुभयो। प्रतियोगितामा तामाङ संस्कार, संस्कृति र ल्होछार सम्बन्धिका प्रस्तुतिलाई समेट्नु पर्नेछ। अध्यक्ष तामाङका अनुसार नृत्य प्रतियोगितामा विजयी हुने टिमलाई नगद पुरस्कार र प्रमाणपत्र सहित पुरस्कृत गर्नेछन्।

सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायिका पूजा लामा, प्रीतम गोले तामाङ, मोडल रेनुका थिङ तामाङ लगायत स्थानीय कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रम सोनाम ल्होछारकै दिन माघ ५ गते लामोसाँघु बजारमा सम्पन्न हुनेछ।

आयोजकले सम्पूर्ण ल्होछारप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य बनाउन अनुरोध गरेका छन्। यस वर्ष मञ्जुश्री संवत् २८६२ औं ता ल्हो (घोडा वर्ष) को सुरुवात भएको अवसरमा देश–विदेशमा रहेका सोनाम ल्होछार मनाउने समुदायहरूले विविध सांस्कृतिक कार्यक्रम, धार्मिक अनुष्ठान तथा भेटघाटका कार्यक्रममार्फत पर्वलाई हर्षोल्लासका साथ मनाउने तयारी गरेका छन्।

प्रीतम गोले तामाङको खान्दोके सेलो बैलासी थेबा ३ सुन्न क्लिक गर्नुहोस्;

धुस्कोटमा माघ १० गते शनिबार बृहत ल्होछार कार्यक्रम हुने;

बलेफी गाउँपालिकाको अत्यन्तै जरुरी सूचना !

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार