काठमाडौं
आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धीको रुपमा महामन्त्री गगन कुमार थापाले उम्मेदवारी दिनुभएको थियो ।
संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा देउवाले ६४ मत र थापाले २५ मत प्राप्त गरेका हुन् । अबको भावी प्रधानमन्त्रीका लागि नेता देउवाको लागि बाटो खुला भएको छ ।