काठमाडौं
सेलो संगितको आकाशमा एक परिचित नाम हो आस्मान लोप्चन । सानै उमेर देखि सांगीतिक यात्रामा होमिएका लोप्चनको दर्जन बढी सेलो गित श्रोता अनि दर्शक माझ चर्चित छन् । लोप्चनको “लेकमा जाँदा” “वाला वाला रिबन” “आस्याङ्की छोरी क्या राम्री” “आगो त बाल्ने” “झिल्के खुवाली” सहित “बल्ल पो तामाङको हुल उठ्यो” धेरैले रुचाएका खान्दोके भाकाहरु हुन् । जस मध्ये “तामाङको हुल उठ्यो” ले उनलाई सांगीतिक आकाशको एक उचाईमा पुर्याउन सफल गितको रुपमा लिन सकिन्छ ।
यसैले पनि उनि खान्दोके सेलोका चर्चित गायकको रुपमा परिचीत भैसकेका छन् । यसै सिलसिलामा भर्खरै उनले पुनः “लेकामा गुराँस फुल फुल्यो, बल्ल पो शेर्पाको हुल उठ्यो” बोलको गित भिडियो सहित बजारमा ल्याएका छन् । यो गित उनले बिशेष गरि हिमाली भेगमा बसोबास गर्ने शेर्पाजातीलाई मध्यनजर गर्दै ल्याएका हुन् ।
शेर्पाको हुल उठ्योमा आस्मान लोप्चन र गायिका ल्हामु शेर्पाले स्वर दिएका छन् । लोप्चनकै शब्द, संगित रहेको गितको एरेन्ज जोगलाल लामा, दिपेश प्रधानको मिक्सिङमा सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।
त्यस्तै भिडियो तर्फ बुद्ध लामा (तितुङ) को निर्देशन, पुर्ण लामाको कोरियोग्राफीमा जिग्मे मिडियाका सुर्य लामाले छायांकन, सम्पादन र कलरिङ गरेका हुन् ।
भिडियोमा छोङ्बा शेर्पा (रिन्छेन), मिङ्मा डोमा शेर्पा र आस्मान आफैंको अभिनय रहेको छ । भिडियो क्लिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ;