तलब भत्ता नलिनेमा सिन्धुको एकमात्र नव पालिका अध्यक्ष रेशम स्याङ्बो

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जुगल गाउँ पालिकाको नव निर्वाचित अध्यक्ष रेशम स्याङ्बोले आफुले पाउने तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । यसरी तलब भत्ता नलिनेमा जिल्लाकै एक मात्र नव अध्यक्षका रुपमा स्याङ्बोलाई लिन सकिन्छ ।

शुक्रबार अध्यक्षको पदका लागि सपथ लिँदै उहाँ पालिका कार्यालयमा पदभार ग्रहण गर्न पुग्नुभएको थियो । उनले पहिलो निर्णयको रुपमा विभिन्न राजनितिक आन्दोलनका सहिद तथा घाइते परिवार, अति विपन्न परिवारको अनिवार्य जीवन बिमा गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै स्याङ्बोले सुरुवात देखिनै आफू शासक भएर नभै जनताको सेवक बनेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । आफुले पालिकाबाट लिनुपर्ने तलब भत्ता शिक्षा नपाएका विद्यार्थी, स्वास्थ्य उपचार नपाएका गरिब, विपन्न वर्गलाई सहयोगमा प्रयोग गर्ने उनको भित्री योजना समेत रहेको छ ।

स्याङ्बो माओवादी र काँग्रेस गठबन्धनको तर्फबाट जुगलमा अध्यक्षका उम्मेदवार थिए । उपाध्यक्षमा काँग्रेसका हिमाल श्रेष्ठ विजयी हुनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार