“घर घर जाऔं काँग्रेस जिताऔं” अभियानमा सभापति लामाको टिम निरन्तर खट्दै, पहिलो पार्टी बनाएरै छाड्ने घोषणा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सिन्धुपाल्चोकमा केन्द्रको निर्देशन अनुसार “घर घर जाऔं काँग्रेस जिताऔं” अभियान विभिन्न स्थानीय तहहरुमा भव्य रुपमा शुभारम्भ भैरहेको छ । अभियानमा जिल्ला सभापति जंग बहादुर लामा र उहाँको टिम निकै उत्साह पुर्ण रुपमा खटिरहनुभएको छ । उहाँ संगै जिल्ला सचिब रमेश भण्डारी समेत तोकिएका कार्यक्रमहरुमा सरिक भैरहनुभएको छ । यस अभियानमा केन्द्रबाट खटिनुभएका केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य गंगा लक्ष्मी अवाले हुनुहुन्छ । त्यस्तै पुर्व गृहराज्य मन्त्री विष्णु विक्रम थापा सहित अन्य नेता कार्यकर्ताहरु लगातार कार्यक्रममा लागिरहनुभएको छ ।

यस अभियानको क्रममा जिल्लाको क्षेत्र नं. २ तर्फको हेलम्बु गाउँ पालिका र मेलम्ची नगरपालिकामा शुभारम्भ भैसकेका छन् । यी स्थानीय तहहरुमा यस कार्यक्रमको सुरुवात गर्दै नव निर्वाचित जंग बहादुर लामाले आफुले जिल्लाको नेतृत्व सम्हाल्दै गर्दा पार्टीलाई १ नं. को बनाउने अभियानमा निरन्तर लाग्ने र बनाई छाड्ने घोषणा गर्नुभएको छ । उहाँले भन्नू भयो, “हाम्रो नव निर्वाचित टिम पार्टीको हितको निम्तो जतिसुकै खट्न तयार रहेको छ । सम्पुर्ण पार्टीका साथीहरुले राय, सल्लाह, सुझाव सहित हामीलाई मार्गनिर्देशन दिनुहुनेछ भन्ने आशा छ ।”

जिल्लामा काँग्रेसले चुनावी अभियानलाई तिव्र रुपमा अघि बढाईएको छ । २ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चैत महिनाभर विभिन्न स्थानमा प्रशिक्षण सहित चुनाव केन्द्रित कार्यक्रम हुने जिल्ला सचिब भण्डारीले जानकारी दिनुभयो । दैनिक जसो कार्यक्रमको तालिका रहेकोले हरेक ठाउँमा पार्टीलाई सशक्त रुपमा संगठन अघि बढाउन लागिरहेको उनले बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार