पुर्व मन्त्री बस्नेतले पूरा गरे बाचा, देशकै पहिलो शतप्रतिशत धारा पुग्ने वडामा सुनकोसी-१

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, ठोकर्पा
देशैभरका ६७४२ वडा मध्येको पहिलो शतप्रतिशत खानेपानी धारा जडित वडाका रुपमा सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिक-१ परिचित भएको छ । जहाँ वडाका ७८६ घरधुरी र वडा भित्रका संघ संस्थाहरुमा समेत २४ सै घण्टा खानेपानी व्यवस्था गरिएको छ ।

यस वडाको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको खानेपानीलाई समाधान गर्न यस क्षेत्रका प्रभावशाली नेता, पुर्व मन्त्री मोहन बहादुर बस्नेतको सबैभन्दा ठुलो योगदान रहेको वडा अध्यक्ष नेत्र कार्कीले सुनाए । उहाँले खानेपानी कै समस्याले गर्दा थाकथलो नै छाड्न बाध्य त्यहाँका जनताहरुलाई कुनै दिन चुनावी अभियानका बेला पुर्व मन्त्री बस्नेतले बोलेको बाचा पूरा गराउनुभएको सुनाउनुभयो । उहाँकै विशेष पहलमा यस क्षेत्रलाई सुख्खा ग्रस्त क्षेत्रको रुपमा घोषणा गर्दै गएको २०७५ साल जेठ १५ गते “घर-घरमा धारा, घर-घरमा पानी अभियान” सहित पुर्व मन्त्री बस्नेतले नै शिलान्यास गर्नुभै सुरुवात गरेको जनाए ।

सो अभियान देशैभरको पहिलो वडाको रुपमा परिचित हुँदा त्यहाँका उपभोक्ता मात्र नभै नेता बस्नेत निकै हर्षित अनि अत्यन्तै खुशी देखिन्थे । उहाँले विगतलाई सम्झिँदै कुनै दिन आफू यसै क्षेत्रबाट चुनाव लड्दै गर्दा उक्त क्षेत्रबाट आफुलाई सबैभन्दा न्यून भोट आउने गरेको सुनाउनुभयो । त्यसपछि आफू कुनै चुनावी कार्यक्रममा यस क्षेत्रमा आउने क्रममा खानेपानीको समस्या अत्यन्तै जटिल देखेपछि छिटै यस समस्याको समाधान गराउने बाचा गर्नुभएको स्मरण गराउनुभयो । साथै यसै अभियानले गर्दा नै वडा देखि सुनकोसी गाउँ पालिका नै जितेको तर्क राख्दै काम गर्नेहरुको टिम जितेमा जस्तो सुकै विकासका कम गर्न सहज हुने जसको उदाहरण सिन्धुपाल्चोकको सुनकोसीलाई लिन सक्ने र उहाँको भनाइ थियो ।

नेता बस्नेतले भन्नू भयो, “जहाँ समस्या, त्यहाँ उपाय” नेताले समस्याको पहिचान गर्ने र भाषण मात्र दिने हैन, समाधानको उपाय अनि व्यवहारमा उतार्ने पनि हो । हामी समस्या पहिचान संगै काममा तत्काल लाग्यौं र आज ठोकर्पा बृहत् खानेपानी आयोजना छोटो समयमै पूरा भएको छ ।” उनले यस अभियानमा साथ दिने सम्पुर्ण व्यक्तित्व लगायत दिनरात खट्ने वडा अध्यक्ष, गाउँ पालिका अध्यक्ष लगायतलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

यस अभियानको सम्पन्न पश्चात् उद्घाटन समारोहमा उपस्थित मध्ये सबैभन्दा बढी गृहिणी महिला खुशी देखिन्थे । उनिहरु भन्दै थिए, ” पहिले घण्टौ समय खर्चेर पिठ्युँमा गाग्री बोक्दै पानी लिन जाँदाको पीडा अनि पँधेरोमा पुगेपछि पनि पालो पर्खिएर बस्दा आधा दिन एक गाग्री पानीकै लागि लाग्ने पीडा बिसाएको महसुस भएको छ । उनिहरु हर्षले गित मार्फत समेत भन्दै थिए, यो समनामा पनि नसोचेको वास्तविकतामा परिणत भयो । साँच्चै पुर्व मन्त्री बस्नेत, गाउँ पालिका अध्यक्ष र वडा अध्यक्ष भगवान हुनुहुन्छ ।”

यस बृहत् खानेपानी आयोजनाका लागि हाल सुख्खा याममा (करिब ६ महिना) खानेपानीको माग पूरा गराउन ४५% डिप बोरिङ, ३५% लिफ्टिङ र बाँकी २०% अन्य प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरि वितरण गरिएको छ । खानेपानी संकलन तथा वितरण गर्नका लागि २ लाख लिटर क्षमतादेखी २० हजार लिटर सम्मका जम्मा २६ वटा रिजर्भ ट्याँकीहरु निर्माण गरिएको छ ।

यसको मर्मत, व्यवस्थापन गर्नका लागि हाल वडाबाटै कर्मचारी खटाईएका छन् । साथै खानेपानी प्रणालीलाई दिगो व्यवस्थापनलाई मध्यनजर गर्दै छिटै वडा स्तरीय सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था खडा गरि सबै जिम्मा दिने कार्य अघि बढाईरहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार