काठमाडौं
यस अघिको स्थानीय, प्रदेश र संघमा पहिलो पार्टी रहेका नेकपा एमालेले चुनावी रणनीति बनाउन तर्फ केन्द्रित भएका छन् । अहिले प्रमुख प्रतिपक्षी दल समेत रहेका एमालेले यो चुनावमा पनि नतिजा आफ्नो पोल्टामा पार्न विभिन्न विषयमा सात वटै प्रदेशमा प्रशिक्षण समेत थालेको थियो ।
पार्टीको प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मंगलबार पार्टीको केन्द्रिय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको एजेन्डामा छलफल हुनसक्ने बताउनुभएको छ । जसमा घोषणा पत्र, कार्यपत्र र चुनावी रणनीति निर्माण गर्ने जस्ता विषयमा छलफल हुने पार्टी श्रोतले जनाएको छ ।