दोलखाको नाम्दुमा १२ करोड लागतमा बिशाल बुद्धपार्क निर्माण हुने

  प्रीतम कुमार तामाङ

काठमाडौं
आन्तरिक एवं बाह्य पर्यटनलाई विशेष ध्यानमा राख्दै दोलखा जिल्लाको नाम्दुमा विशाल बुद्ध पार्क निर्माण हुने भएको छ । दोलखाको बैत्यश्वर नाम्दु-६ मा सो पार्क निर्माण गर्न स्थानीय युवा एवं लोकप्रिय गायक सुबास तामाङको संयोजकत्वमामा समिती बनेको छ । बृहत नाम्दु बुद्धपार्क निर्माण गर्न डिपिआर तयार भइसकेको बुद्ध पार्क निर्माणका संयोजक सुबास तामाङले जानकारी दिए ।

८ करोड बराबर मुर्ती निर्माणका लागि लाग्ने र पार्कको सम्पुर्ण भौतिक संरचना निर्माणका लागि १२ करोड लाग्ने संयोजक तामाङले जानकारी दिनुभयो । जसका लागि उहाँ संगै स्थानीय युवाहरुको सक्रियता र बागमती प्रदेशको सहयोगमा बुद्धपार्क निर्माण हुनेछन् ।

बुद्ध पार्क भित्र ध्यानकेन्द्र, पार्क, गुम्बा, गुम्बामाथि बुद्धको मुर्ति सहितको भव्य आधुनिक बुद्धपार्क निर्माण हुने जनाएको छ । यस संस्थाले बुद्धपार्क निर्माण मात्रै नभएर विभिन्न सामाजिक तथा विकासका कार्यहरु समेत सञ्चालन गर्ने संयोजक सुवासको भनाई छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार