जुगल मान्जेमा महिला माथी सामुहिक बलात्कार गरि फरार एक पक्राउ

जबर्जस्ति बाईकमा लिफ्ट दिई केही पर रहेको बोलेरो गाडी भित्र सामुहिक बलात्कार गरेका थिए ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
गत असोज १५ गते राती सिन्धुपाल्चोक जुगल गाउँ पालिका ३ कि एक महिलालाई सामुहिक बलात्कार गरेका मुख्य एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुगल गाउँपालिका ४ स्थायी घर भई काठमाडौं ढल्कु बस्ने वर्ष २४ का कैलाश नेपाली रहेको प्रहरीले बताएका छन् । महानगरीय अपराध महाशाखा काठमाण्डौको समन्वयमा नेपालीलाई कंलकीबाट आइतबार नियन्त्रणमा लिइएको हो । उक्त घटनामा संलग्न एक जना अझै फरार छन् ।

घटनाको विवरण यस्तो थियो ;

३२ वर्षकी महिला जलबिरेमा तीन महिने सुई लगाएर फर्किने क्रममा बाटोमै रात परेको थियो। कार्तिके लगायत बजारमा वास माग्दा कोभिडका कारण बास नपाएपछी पीडित महिला हिँडेरै रातारात गाउँ जाँदै थिए। यसै क्रममा उनी जुगल ४ को मान्जे भन्ने स्थान पुग्दा बाईकमा आएका केही युवाहरुको समुहले जबर्जस्ति बाईकमा राखेर लिफ्ट दिई केही पर रहेको बोलेरो गाडीमा लागि पालैपालो बलात्कार गरेको पीडतको भनाई थियो ।

पिडित महिलाको मध्यरातमा बोलेरोमा होस खुलेकी थिईन। उनी दुई सन्तानको आमा समेत हुन् ।

यस्तो कुकर्म गर्ने ४ मध्ये दुई जना पीडितले चिनेको र बाँकी दुई रातको समय भएकोले नचिनेको व्यक्ति थिए । दुई जनालाई अनुसन्धानका लागि यस अघि नै पक्राउ गरिसकेका छन् । साथै घटनामा प्रयोग भएको बोलेरो गाडी र बाईक पनि नियन्त्रणमा लिई सकेको छ।

उक्त घटना मिलाउन पीडितलाई पिडक पक्षले १० लाख दिने प्रलोभन समेत दिएका थिए । तर सामुहिक बलात्कार जस्तो गम्भीर कुकर्म गर्नेलाई कानुनी उपचार नै गर्ने पीडित पक्षको अडानले अब न्याय पाउँछ कि भन्ने आशा दिलाएका छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार