संकटा सडक माथी राखिएको छाता हटाउन सुरु

  जन्मभूमि संवाददाता

काठमाडौं
छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ।कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो।

‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगाएकोर भीड व्यवस्थापन गर्न नसकेपछि हटाउने निर्णय गरेको संकटा क्लब को भनाइ छ।’समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ।

मुख्य व्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक व्यवस्थापन, सवारी आवागमनमा समेत समस्या परेको र व्यापार बढाउनुभन्दा समस्या थपिएपछी हटाउन थालेको हो।’पुस ५ गतेदेखि संकटा सडकमा छाता राख्न सुरू गरिएको थियो। यहाँ डेढ सय मिटर सडकमाथि चार सय बढी छाता थिए।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार