काठमाडौं
संचारकर्मी सिङ्ग मोक्तानद्वारा रचित पहिलो शब्द रहेको तामाङ दोहोरी गीत बजारमा आएको छ। गायक युनिक दोङको प्रस्तुति रहेको यस गीतमा दोङ र गायिका जितु लोप्चनले स्वर भरेका छन। साथै यस गीतमा संगीत भने चर्चित गायक एवं संगितकार विशाल काल्तनको रहेको छ।
जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन। उक्त गीत सगु सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।गीतको भिडियो पनि चाडैँ बजारमा ल्याउने तयारी रहेको निर्माण पक्षले बताईएको छ। उक्त गीत सुपर सेलो च्यानल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।