“एदा घोर्गी ताम” को उत्कृष्ट भिडियो युट्युबमा

  प्रीतम कुमार तामाङ

काठमाडौं
आज जोरपाटीमा सम्पन्न एक कार्यक्रमका बिच तामाङ प्रेम गित “एदा घोर्गी ताम” को भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रमको प्रमुख अतिथी तामाङ सांगीतिक क्षेत्रका वरिष्ठ गायक एवं संगितकार चन्द्र कुमार दोङ उपस्थित हुनुभएको थियो । त्यस्तै बिशेष अतिथी तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष बिश्व दोङ, अमृत सुनुवार लगायत हुनुहुन्थ्यो ।
सागर मोक्तानको प्रस्तुतिमा विशाल काल्तानको शब्द संगित सजिएको गितलाई गायक रमित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन् । एरेन्ज मिक्सिङ दिपेश प्रधानको रहेको छ भनें जेनेरिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो तर्फ तामाङ चलचित्र जगतका चर्चित नायक एवं निर्देशक अमिर दोङको निर्देशनमा मोडल याङ्की दोङ र मोडल सागर मोक्तानले अभिनय गरेका छन् । जिग्मे मिडियाका सन्चालक सुर्य लामाको छायांकन, सम्पादन, कलरिङमा तयार भएको भिडियो डम्फु मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो ;

गायक लामाको यस अघिका श्रोता दर्शकले मन पराएका गित अनि भिडियोहरुमा डाँडा है पारी घुम्नलाई जाँदा, मुसुक्क हाँस्ने, गोरि गोरि मैच्याङ, लाह्युल ह्याङ्ला, दिङ्याङ दाङ्सी ल्होछार खाजी संगै लगभग १६ वटा गित बजारमा ल्याइसकेका छन् ।

प्रमुख अतिथिको रुपमा उपस्थित तामाङ गित संगित क्षेत्रका वरिष्ठ गायक एवं संगितकार चन्द्र कुमार दोङले गित संगितमा एउटा अदृश्य शक्ति रहेको धारणा राख्नुभयो । आफ्नो भनाइ राख्दै उहाँले विगतमा सेलो गित संगितलाई अगाडी बढाउने क्रममा सामाजिक रुपमा थुप्रै बाधा व्योहोरेको सम्झदै हाल आएर त्यो दिनहरु नभएकोमा खुशी व्यक्त गर्नुभयो । दोङले मौलिक गित संगितलाई आधुनिक ढंगले गाउँदा अझै मीठो हुने रहेछ भन्ने आज प्रमाणित भएको बतानुभयो ।

मोडलको रुपमा अभिनय गर्नु भएका सागर मोक्तानको यो भिडियो पहिलो हो । आफुले भिडियो खेल्नु अघि भिडियोहरु हेर्दा सजिलो जस्तो लागे पनि आफैं खेल्दा गाह्रो महसुस भएको अनुभव सुनाउनुभयो । कला क्षेत्रमा जिवन्त रहने भएकोले यो क्षेत्रमा आफू पनि ईन्ट्री भएको बताउँछन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार