म्हेन्दोमी छार्जी गितमा ङेमा दोर्जे गोलेको आफ्नै वास्तविक कहानी

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका ३ धुस्कोट मच्छे गाउँमा घर भै हाल मुग्लान मलेसियालाई बिगत १० बर्ष देखी कर्म थलो बनाउँदै आईरहेका ङेमा दोर्जे गोलेले संगीत मार्फत आफ्ना वास्तविक जीवन कहानी पोखेका छन्। गीतमा आफु सानै उमेर मै टुहुरा भएको र साना सान भाई बहिनीहरु हेरचाह देखी सबै खाले जिम्मेवारी आफ्नो काँधमा आईपरेको र सबै खाले जिम्मेवार बहन गर्दै दु:ख सम्हाल्दै दु:ख सुख जिबन चलाउँदै आएको विषयलाई बिशेष रुपमा उठाएका छन्। गोलेको बुबा सानैमा हत्या भएको र जन्मदिने आमा भुकम्पबाट बितेको कहालीलाग्दो घटनलाई चित्रण गरिएको छ।

यस गीतको शब्द जीवन बोम्जन, लय संकलन टेक घिसिङको र जोगलाल लामाको संगीत सम्योजन रहेको छ। त्यस्तै गितमा जीवन बोम्जन र पूजा बोम्जनको आवाज रहेको छ। बरिस्ठ साउन्ड् ईन्जिनिएर डिका गुरुङले मिक्सिङ गरेको हो। गीतको रेकर्डिङ बौद्ध स्थित सगु सरगम स्टुडियो मा रेकर्ड गरिएको हो ।  यस गितको अडियो जन्मभुमी टिभी युट्युब च्यानल मार्फत सुन्न सकिने छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार