गायक अदिप बाबुको चिसो चिसो सिमपानी युट्युबमा

  प्रीतम कुमार तामाङ

काठमाडौं
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल ५ गुन्साका गायक अदिप बाबुको स्वरमा सजिएको चिसो चिसो सिमपानी बोलको गितको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। क्लिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गितमा संगित बिश्व दोङको रहेको छ। त्यस्तै एरेन्ज नोर्बु शेर्पाले गरेका हुन्। एवान रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ किशोर थापाले गरेका छन्।   

गितमा अदिप र सुक्रानी स्याङ्बोले स्वर दिएका छन्। गित सेलो दोहोरी प्याटर्नमा सजिएको छ। जसले गर्दा सेलो गितका पाराखीहरुको लागि मीठो कोसेली हुने पक्का छ। अदिप बाबुकै शब्द रहेको गितमा ठट्यौली शब्दहरु प्रयोग भएका छन्।

सेलो जगतका लोकप्रिय गायक आस्मान लोप्चनले निर्देशन, सम्पादन अनि अभिनय समेत गरेको भिडियोमा अदिप बाबु, याङ्कि दोङ र रोजिना दोङलाई पनि देख्न सकिन्छ। समग्रमा सम्पुर्ण कलाकारहरुको अभिनय उत्कृष्ट छ। रोजिना दोङको भनें यो पहिलो भिडियो हो। पहिलो भिडियोमै राम्रो अभिनय गरेका दोङ अझै भिडियोमा आउने बताउँछन् ।

छायांकन, कलरिङ र ड्रोन जिग्मे मिडियाका सन्चालक सुर्य लामाले गरेका हुन्। भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार