४ करोड ५६ लाख घाटाको बजेट विवादले सुनकोशीको गाउँसभा अन्योलमा

सुनकोशी गाउँसभा अन्योलमा: घाटा बजेटले देखायो गाउँसभा सदस्यहरुबीच गहिरो दरार

  प्रितम कुमार तामाङ

सुनकोशी, सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिकामा प्रस्तावित ४ करोड ५६ लाख घाटाको बजेटले गाउँसभा नै अन्योलमा पारेको छ। बजेटसम्बन्धी विवादले स्थानीय सरकारमा गम्भीर राजनीतिक तनाब उत्पन्न भएको छ।

उपाध्यक्ष कान्छी लामाले पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनामाथि एकल निर्णयमा बजेट अघि बढाउन खोजेको आरोप लगाउँदै भन्नुभयो, “मैले पटक–पटक छलफलको प्रयास गरेँ तर अध्यक्ष दबाबमूलक शैलीमा प्रस्तुत हुनुभयो।” उहाँले गाउँसभाको स्थगनको मूल कारण बजेटको घाटा रहेको बताउनुभयो।

कांग्रेसतर्फका निर्वाचित वडा अध्यक्षहरू तथा स्थानीय नेताहरूले बजेट घाटाले पालिकाको पारदर्शिता, जवाफदेहिता र दीगो प्रशासनमा गम्भीर असर पार्ने बताउँदै आलोचना गरेका छन्।

पूर्व अध्यक्ष श्रवण कुमार जिसीले पनि वर्तमान अध्यक्षले विगतको ट्र्याक्टर वितरणजस्तै अब घाटा बजेटलाई जबर्जस्ती पास गर्न खोजिरहेको आरोप लगाएका छन्।

तर, अध्यक्ष टपिन्द्र तिमल्सिनाले विपक्षी दलका सदस्यहरूकै अनुपस्थितिका कारण गाउँसभा हुन नसकेको दाबी गर्दै भन्नुभयो, “पहिले नीति तथा कार्यक्रम पारित गरौं, विवादित विषयहरू पछि छलफल गरौं।”

उपाध्यक्ष लामाले भने यो भनाइ अस्वीकार गर्दै अध्यक्षकै तानाशाही प्रवृत्तिका कारण समस्या उत्पन्न भएको जवाफ दिनुभयो।

नेपाली कांग्रेसले जारी गरेको १६ बुँदे ध्यानाकर्षणपत्रमा आर्थिक अपारदर्शिता, कार्यशैलीमा मनपरी र कार्यपालिकाको अलोकतान्त्रिक अभ्यासबारे गम्भीर प्रश्न उठाइएको छ।

राजनीतिक संवादहीनता र पूर्वाग्रहबीच गाउँसभा अन्योलमा पर्दै जाँदा स्थानीय लोकतन्त्रको अभ्यास खल्बलिएको देखिन्छ। बजेट पारदर्शिता, आपसी सहकार्य र खुला संवाद अपरिहार्य बनेको सन्देश यो विवादले दिएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार