पूर्ण खोप सुनिश्चिततामा बलेफीको उपलब्धि, स्वास्थ्य क्षेत्रमा ऐतिहासिक कदम

बलेफी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा

  प्रितम कुमार तामाङ

सिन्धुपाल्चोक, बलेफी
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका पूर्ण खोप सुनिश्चितता प्राप्त गरी पूर्ण खोप गाउँपालिका घोषणा भएको छ। आइतबार बलेफी कभर्डहलमा आयोजित एक भव्य कार्यक्रमका बीच अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षता र उपाध्यक्ष सरु लामा तामाङको विशेष आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको हो।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता—हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमका बारेमा जानकारी दिँदै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले पूर्ण खोप सुनिश्चितता घोषणा प्रक्रिया धेरै चरणमा सम्पन्न हुने बताए।

उनका अनुसार, घोषणा गर्नुअघि पालिकाभित्र १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले पूर्ण खोप लिएको हुनुपर्छ। त्यसका लागि वडा खोप समन्वय समितिका संयोजक (वडा अध्यक्ष), स्वास्थ्यकर्मी, र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घर-घरमा पुगेर सर्भेक्षण तथा सुपरिवेक्षण गर्ने गर्छन्।

सर्वेक्षणपछि संकलित विवरणलाई गाउँपालिका खोप समन्वय समितिले छड्के अनुगमनमार्फत रुजु गरी जिल्ला खोप समन्वय समितिमा सिफारिस गरिन्छ। अन्ततः जिल्ला समितिबाट प्रमाणिकरण भएपछि मात्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्न पाइन्छ।

बलेफी गाउँपालिकाले सबै चरणहरू सफलतापूर्वक सम्पन्न गरिसकेको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए। कार्यक्रममा बोल्दै अध्यक्ष गंगा बहादुर तामाङले यस घोषणाले गाउँपालिकाको स्वास्थ्य क्षेत्रको स्तर स्पष्ट भएको बताए। उपाध्यक्ष सरु लामा तामाङले खोप सुनिश्चितताका लागि अहोरात्र खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पोषण मैत्री र बाल मैत्री गाउँपालिका घोषणा गर्न सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार