बलेफीले गर्यो जिल्लाकै कान्छा विद्यावारिधि प्राप्त पौडेललाई नगद सहित सम्मान

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका ५ ज्यामिरेका स्थानीय अशोक पौडेल सम्मानित भएको छ । सिन्धुपाल्चोक जिल्ला कै कान्छो उमेरका पिएचडी उपाधी प्राप्त पौडेललाई गाउँपालिकामा एक कार्यक्रम आयोजना गरेर सम्मान गरेका हुन् । उनले २८ वर्ष ११ महिना २२ दिन को कलिलो उमेरमा इलेक्ट्रीकल इन्जिनियरिङ विषयमा विद्यावारिधि गरेका थिए । पौडेलले थाइल्यान्ड स्थित सुरानरी युनिभर्सिटी अफ टेक्नोलोजीबाट विद्यावारिधि प्राप्त गरेका हुन् ।

उनलाई बलेफी वडा नं. ५ को तर्फबाट नगद एक लाखले पुरस्कृत गरे । सम्मानित पश्चात् गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले पालिका भित्र विभिन्न विषयमा अनुसन्धान वा विद्यावारिधि गर्नेहरुलाई नगद आर्थिक सहयोग गर्ने र सम्मान गर्ने निति तथा कार्यक्रम नै रहेको बताउनुभयो ।

साथै उपाध्यक्ष सरु लामा तामाङले बलेफीका स्थानीय पौडेलले जिल्ला कै सबैभन्दा सानो उमेरमा विद्यावारिधि गर्नु गर्वको कुरा भएको बताईन् । पौडेलले हाँसिल गरेको ज्ञानले देशलाई महत्वपूर्ण योगदान पुग्ने गरि अघि नढ्नुपर्ने र पौडेल देशकै गहना भएको धारणा राख्नुभयो ।

सम्मानित भएका पौडेलले आफ्नो स्थानीय तहले यसरी सम्मान गर्दा आफुमा हौसला बढेको बताए । आफू सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा कान्छो उमेरमा पिएचडी गरेको भन्ने थाहा समेत नभएको बताउँदै स्थानीय सरकारले नै त्यो डाटा खोज गरेको कुरा थाहा पाउँदा निकै हर्षित भएको सुनाए । भविष्यमा राष्ट्रको लागि एक उत्कुष्ट नागरिकको रुपमा सेवा गर्ने प्रतिबद्धता जनाउँदै उनले सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार