निरन्तर प्रक्रिया मार्फत बलेफीका दुई अधिकृतको सरुवा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका शिक्षा अधिकृत सलबहादुर पाण्डे र वरिष्ठ लेखा अधिकृत बाल कृष्ण दहालको सरुवा भएको छ । दुई अधिकृतले एकै दिन रमना लिएका छन् । सोमबार फेरि भेटौंला कार्यक्रम आयोजना गरेर अधिकृत द्वयलाई विदाई गरेका हुन् ।

लेखा अधिकृत दहाल काभ्रे पनौती नगरपालिका सरुवा भएका छन् । उनी यस अघि काभ्रेकै मण्डन देउपुर नगरपालिकामा ९ महिना, कागेश्वरी मनोहरा नगरपालिकामा ३ वर्ष र बलेफी गाउँपालिकामा २० महिना सेवामा रहे । स्थानीय तहमा दहाल अनुभवी लेखा अधिकृतको रुपमा लिईन्छ । उनको सेवा अवधीमा बलेफीले बेरुजु फर्छ्योट र बेरुजु कम गर्न योगदान रहेको अध्यक्ष गंगाबहादुर तामाङले फेरि भेटौंला कार्यक्रममा आफ्नो धारणा राख्नुभयो ।

लेखा अधिकृत बालकृष्ण दहाललाई मायाको चिनो वितरण गर्दै

 

त्यस्तै शिक्षा अधिकृत पाण्डे नुवाकोटको बेलकोट नगरपालिका सरुवा भएका छन् । करिब ६ वर्ष निरन्तर सेवा बलेफीलाई दिएर उहाँ सरुवा भएका हुन् । २०७६ जेठ २० मा बलेफीमा हाजिर भई पहिलो स्थानीय तहको रुपमा उनले यहाँ सेवा सुरु गरेका थिए । उनको कार्य अवधिमा कोभिड जस्ता रोगको सामना गर्दै शिक्षालाई धरासायी बनाउन नदिन निकै ठूलो योगदान थियो । उनले शिक्षा शाखा संग सम्बन्धित ३१४ जना शिक्षकहरु र जनप्रतिनिधिहरु संग सौहार्दापुर्ण सम्बन्धमा आफ्नो सेवाकाल वितेको बताउनुभयो ।
अधिकृत द्वयले निजामती कर्मचारीहरुको सरुवा भनेंको निरन्तर प्रक्रिया रहेको बताए । निजामती ऐनमा कुनैपनि एक कार्यालयमा २ वर्ष सेवा अवधि पुगेपछि सामान्यतया सरुवा हुने प्रचलन रहेको छ । नयाँ कार्यालयमा सरुवा हुँदा कर्मचारीको वृत्तिबिकास, नयाँ सम्बन्ध स्थापित हुने धारणा छ । त्यसकारण पनि सरुवालाई अन्यथा नलिई निरन्तर प्रक्रियाको रुपमा लिनुपर्ने धारणा प्रशासकीय प्रमुख राईले स्पष्ट पार्नुभयो ।

फेरि भेटौंला कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर राईको सभापतित्व, पालिका अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सरु लामा तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार