तामाङ सेवा समाज बलेफी ७ ले बृहत सोनाम ल्होछार कार्यक्रम गर्ने

  सागर तामाङ (जन्मभूमि संवाददाता)

सिन्धुपाल्चोक
बलेफी ७ खाडीचौर स्थित तामाङ सेवा समाजले २८६१ औं सोनाम ल्होछार भव्य रुपमा मनाउने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको संस्थाका उपाध्यक्ष दिल थिङले बताउनुभयो । १७ गते ल्होछार कै दिन पारेर हुन गइरहेको कार्यक्रम ज्याङ्छ्युप छ्योर्तेनको प्राङ्गणमा सम्पन्न हुनेछन् ।

“तामाङ जातिको कला, भाषा, धर्म संस्कृतिको सम्बर्द्धन गरौं, राष्ट्रिय सोनाम ल्होछार मनाऔं” भन्ने नाराका साथ ख्याति प्राप्त कलाकारहरु, लामा गुरुहरु, स्थानीय समुदायहरुको भव्य उपस्थितिमा हुने आयोजकले जनाए । लोकप्रिय गायक अनिश योञ्जन, प्रीतम गोले तामाङ, ओम वाइबा, प्रकाश वाइबा, तेज थिङ र उमेश लामा लगायतले सांगीतिक प्रस्तुति दिनेछन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार