काठमाडौं
क्यान्सर रोग संग संघर्ष गरिरहेकी वरिष्ठ गायिका इन्दिरा गोलेलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाल तामाङ कलाकार संघको संयोजकत्वमा संकलित रु. ५१ लाख ३८ हजार ७१० रुपैयाँ एकमुष्ट रकम एक कार्यक्रमका बिच गोलेलाई हस्तान्तरण गरेको अध्यक्ष एवं चर्चित गायक विशाल काल्तानले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।
संघले इन्दिरा गोले बचाऔं अभियान नै सञ्चालन गर्दै विभिन्न संघ संस्था, परोपकारी व्यक्तित्वहरु, व्यवसायीहरु एवं समाजसेवीहरु माझ आह्वान गरेको अभियानका संयोजक तथा लोकप्रिय गायक योगेश लामाले बताउनुभयो । सहयोगीहरुले गोलेको स्वास्थ्य अवस्थाको सुधार संगै पुनः सांगीतिक जिवनमा फर्किने विश्वास लिएको छ ।
संघको पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार समेत रहेकी गोलेले सहयोग प्राप्त पश्चात् सम्पुर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
खान्दोके सेलो “बैलासी थेबा – २”