काठमाडौं
लोकप्रिय गायक जेबि जिम्बाको नयाँ खान्दोके सेलो सार्वजनिक भएको छ । जिम्बा “ल्हासा त माथि” बोलको गित मार्फत उत्कृष्ट कम ब्याक गरेकाछन् । उनी हाल कर्मथलो क्यानडामा रहेर पनि सांगीतिक क्षेत्रमा उत्तिकै लगाब राख्दै आएको छ ।
यस अघि पनि उत्कृष्ट खान्दोके सेलो पस्किसकेका उनले आफ्नै शब्द, संगीत र स्वरमा यो गितलाई लिएर आएको छ । आगा लामाले एरेन्ज गरेको गित दिपेश प्रधानले मिक्सिङ गरेको हो ।
भिडियो तर्फ मिस्टर काजीको निर्देशनमा इश्वर लामा, सरोज तामाङ, अस्मिता तामाङ र अम्बिका तामाङले अभिनय गरेका छन् । जितु तामाङले छायांकन, सम्पादन गरेको भिडियो जेबि जिम्बा अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो ;