सिन्धुपाल्चोक
नेपाल तामाङ घेदुङ बलेफी गाउँपालिका कार्यसमितिले पालिका भित्र मास्टर्स डिग्री गरेका तामाङहरुलाई सम्मान गर्ने भएको छ। २८६० औं सोनाम ल्होछारको अवसरमा आयोजना गर्न गइरहेको बृहत साँस्कृतिक तामाङ जागरण एवं सम्मान कार्यक्रमका दिन डिग्री होल्डरहरुलाई सम्मान गर्ने घेदुङका अध्यक्ष सुनिल तामाङले बताए। यसरी सम्मान गर्नुको कारण गाउँपालिका भित्रका बौद्धिक तामाङहरुको तथ्यांक समेत राख्नु र अबको दिनमा तामाङहरु पढाई तर्फ अघि बढ्न प्रेरित गर्ने उद्देश्य रहेको बताउँछन्।
साथै आयोजकले उक्त सम्मान कार्यक्रममा सहभागी हुन जुनसुकै माध्यमबाट सम्पर्क गर्न अपिल समेत गरेका छन्।
यहि फागुन २६ गते हुन गइरहेको उक्त कार्यक्रममा ख्यती प्राप्त राष्ट्रिय कलाकार बिजय लामा, प्रकाश तितुङ तामाङ, पुजा बोम्जन, रोश्न लुङ्बा, रितुराज पाख्रीन, इश्वर लामा, प्रेम गोले, याङ्की दोङ लगायतले भरपुर मनोरञ्जन दिलाउने छन्।
कार्यक्रम गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष सरु लामा तामाङ, घेदुङका जिल्ला अध्यक्ष प्रताप सिं तामाङ, वरिष्ठ उपाध्यक्ष थुप्तेन ग्याल्बो लामा र विभिन्न गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुको उपस्थितिमा हुने आयोजकले जनाएको छ। बलेफी ४ को देउराली गुम्बा डाँडामा कार्यक्रम हुनेछन्।