१२ गते बाह्रबिसे ल्होछारमा छेवाङ लामा सहितका कलाकारहरुले भरपुर मनोरञ्जन दिलाउँदै

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बाह्रबिसे नगर मुल ल्होछार आयोजक समितिले यहि फागुन १२ गते सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। नगरलालिकाको आर्थिक सहयोगमा गरिने उक्त कार्यक्रममा युवा पुस्ताका चर्चित गायक छेवाङ लामाको भव्य सांगीतिक प्रस्तुति रहनेछन्। साथमा चर्चित गायक प्रकाश तितुङ, प्रीतम गोले, लमु शेर्पा, ॐ वाइबा र बलाराम ढकाल लगायतले मनोरञ्जन दिलाउनेछन्।

कार्यक्रम नगर प्रमुख बालकृष्ण बस्नेतको सभापतित्व, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता, विशेष अतिथिका रुपमा बागमती प्रदेश बन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारी, नगर उपप्रमुख मञ्जु तामाङ, त्रीपुरासुन्दरी गा.पा. अध्यक्ष भक्तध्वज बोहोरा र भोटेकोसी गा.पा. अध्यक्ष पासाङनोर्पु शेर्पा उपस्थित हुने कार्यक्रम संयोजक छिरिङ योञ्जनले बताउनुभयो।

साथै कार्यक्रम संयोजक कै रुपमा रहेका पुर्व वडा अध्यक्ष एवं युवा नेता सानू लामाले सोनाम ल्होछारको अवसरमा स्थानीय स्तरका मैलिक भाकाहरु, बोन्बो नाचलाई समेत प्राथमिकतामा राख्ने बताउनुभयो। उनले सबै ल्होछार प्रेमी जनसमुदायमा कार्यक्रममा अनिवार्य उपस्थित हुन पनि निमन्त्रणा दिनुभएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार