ओखलढुंगा-काठमाडौं तामाङ सेवा समाजले मनाए सोनाम ल्होछार

  जन्मभूमि संवाददाता

काठमाडौं
ओखलढुङ्गा काठमाडौँ तामाङ सेवा समाजले २८६० सोनाम ल्होछार डुक ल्हो भब्यतासाथ मनाएको छ । सोमबार काठमाडौंस्थित राष्ट्रिय सहिदपार्क जगडोलमा ल्होछारको अवसरमा वनभोज कार्यक्रम गरी मनाएका हुन् ।

ओखलढुङ्गबाट काठमाडौं आइ बसोबास गरिरहेका तामाङहरुलाई एकतामा बाँध्न ल्होछारको अवसरमा शुभकामना आदानप्रदान र वनभोज कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले शुभकामना दिँदैं यो देशमा तामाङलाई राज्यबाटै विभेद रहेको बताए । ‘दशै आउँदा एक महिनादेखि दशैको गीत गुन्जिन्छ‚ गीतहरु बन्छन्‚ धुनहरु बन्छन्‚ कागको‚ कुकुरको‚ गाईको गीत बन्छ‚ हामीलाई नतमस्तक बनाउँछ तर ल्होछारको बेला सुनसान हुन्छ‚ बिदा कटौती हुन्छ । ल्होछारमा ४–५ छुट्टी भएको भए‚ यहाँ नयाँ पुस्ताका लागि यो बुझ्ने अवसर हुनेथ्यो । विभेद यही हो‚ उनले भने‚‘यसैले खिजिदेम्बा गाउँपालिकाका सबै विद्यालयमा शैक्षिक सत्रदेखि तामाङ भाषाको कक्षा संचालन गरिने उनले बताए ।

यस्तै खिजिदेम्बा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष ले आउँदो वर्षदेखि संस्थागत भित्तेपात्रो निकालेर त्यसमा संस्थाका गतिविधिहरु संलग्न गर्नुपर्ने बताए । उनले ल्होछार चन्द्र पात्रोअनुसार मनाउने भएकाले यो तिथिअनुसार फेरबदल हुने बताए । यस्तै कार्यक्रममा शेर्पा संघका महासचिव‚ नेपाल ताम्बा संघका अध्यक्ष धावावाङ्गेल मोक्तान लगायतले शुभकामना दिएका थिए ।

ओखलढुङ्गाका सम्पूर्ण तामाङहरू एकताको सन्देश जाओस् भनी शुभकामना र वनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिर्घमान तामाङले बताए । उनले एकताको सन्देश र आपसी सदभाव रहोस भनी संस्थाले बार्षिक जस्तो कार्यक्रम गर्दै आइरहेको बताए । कार्यक्रममा गायक एवं संगीतकार जीवन बमजन लगायत स्थानीय कलाकारहरुको प्रस्तुतिले माहौलले मनोरन्जयमय बनाएको थियो ।

कार्यक्रममा ओखलढुङ्गाका तामाङ र गैर तामाङ लगायत सम्पूर्णलाई उपस्थित रहेको थियो । औपचारिक कार्यक्रमलाई समाजका सहसचिव सुवास घिसिङले संचालन गरेका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार