जुगलको बोल्देमा सोनाम ल्होछार भव्य सम्पन्न, वरिष्ठ सेलो गायक प्रेम लोप्चन सम्मानित

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जुगल गाउँपालिका ३ स्थित बोल्दे गाउँमा बृहत सोनाम ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। बोल्दे युवा समूह र बोल्दे आधारभुत विद्यालयले आयोजना गरेको कार्यक्रम मंगलबार अभि लामाको सभापतित्व, गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यता र विभिन्न पार्टी प्रतिनिधिहरुको विशेष आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि स्याङ्बोले सोनाम ल्होछारलाई अहिलेको अवस्थामा ल्याउन सुरुवाती अभियानलाई स्मरण गर्दै ठूलो उपलब्धिको रुपमा लिएको बताउनुभयो। नेपाल तामाङ घेदुङले ल्होछारलाई चौरमा मात्रै सिमित राखेको भन्ने कुरा सहि नभएको र अहिले ल्होछार गाउँ गाउँमा, घर घरमा मात्रै नभै विश्वमा समेत पुगेको बताउनुभयो। उनले अब ल्होछारलाई तामाङ एकताको पर्वको रुपमा अघि बढाउँदै लानुपर्ने धारणा प्रस्तुत गरे। उनका अनुसार अब विकट बोल्दे गाउँ पर्यटकीय जुगल हिमालका कारण समेत विकासमा फड्को मार्न धेरै समय नलाग्ने भएकोले यहाँको हाम्रो संस्कार संस्कृति जोगाएर आम्दानीको श्रोत बनाउन उत्प्रेरित गराउनुभयो।

उक्त कार्यक्रमको अवसर पारेर वरिष्ठ सेलो गायक प्रेम लोप्चनलाई सम्मान गरेका छन्। लोप्चनलाई सिन्धुपाल्चोकमा जन्मेर संघर्ष गर्दै तामाङ गित संगित मार्फत विश्वमा तामाङ पहिचान, संस्कार, संस्कृतिलाई चिनाउन भुमिका खेलेको कारण दोसल्ला ओडाएर सम्मान पत्र मार्फत सम्मान गरिएको छ। सम्मान पश्चात् लोप्चनले आफुलाई यसरी सम्मान गरिएकोमा आयोजक प्रति कृतज्ञता ज्ञापन गर्दै अझै गित संगित मार्फत तामाङ समाज अनि देश प्रति योगदान दिन हौसला बढेको बताए।

कार्यक्रममा स्थानीय मौलिक गित, नृत्य प्रस्तुति सहित राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु वरिष्ठ कलाकार प्रेम लोप्चन, प्रीतम गोले, रोश्न लुङ्बा, ॐ वाइबा, सञ्जीव घिसिङ, प्रेम योन्जन लगायतले आफ्नो प्रस्तुति मार्फत दर्शकवर्गलाई मनोरञ्जन दिलाएका थिए।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार