ओखलढुङ्गा ह्याङ्ला तामाङ समाजले आयोजना गरेको ल्होछार भव्य रुपमा सम्पन्न

  जन्मभूमि संवाददाता

काठमाडौं
ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाले सोनाम ल्होछार भव्यताका साथ मनाएको छ । शनिबार बृहत कार्यक्रम आयोजना गरी गोकर्णको जगडोलमा २८६० सोनाम ल्होछार मनाएका हुन् ।
ओखलढुङ्गाको तामाङ पहिचान झल्किने भेषाभुषा र डम्फु नाचले कार्यक्रम पृथक बनाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले हामीले बनाएको संविधान सबै जातको लागि उपयुक्त निर्माण गरेको बताएका थिए । उनले ल्होछारले एकता र मेलमिलापको सन्देश दिन सफल भएको बताएका थिए ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका सांसद गौतमले बुद्ध धर्म नेपालको माटोमा जन्मिएकोले यसलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । उनले भनिएको छ‚‘राज्यले धर्म मान्ने होइन‚ जनताले मान्ने हो । त्यसो त बुद्ध धर्मको पहिचान र ल्होछारलाई प्रोत्साहन गर्नुपर्छ ।’
कार्यक्रममा कोशी प्रदेशका सांसद बाबुराम गौतम‚ बागमती प्रदेशका सांसद छिरिङदोर्जे तामाङ‚ गोकर्णेश्वर नगरप्रमुख दिपक रिसाल लगायतलाई आयोजकले गरिएको तामाङ पहिरन गोइलोको स्वागत न्यानो थियो ।
साङ्गीतिक माहौलले तातिएको त्यो रौनकता करिबन साँझसम्म रहिरह्यो ।
आयोजक संस्थाका अध्यक्ष अशोक सिङ्तानले ओखलढुङ्गाका काठमाडौं बसोबास गरिरहेका नयाँ पुस्ताले भाषा बिर्सदै गएको अवस्थामा ल्होछार कार्यक्रम आपसी मेलमिलाप र भाषा‚ संस्कृतिको बारेमा जानकारी दिनका लागि यो कार्यक्रम गरिएको बताए । ‘अहिले सबै सहरीय भइसक्यो’‚ उनको भनाइ थियो‚ ‘आफ्नो भाषा‚ धर्म‚ भेषभुषा र संस्कृति प्रचार र संरक्षण सम्बर्द्धनका लागि पनि ल्होछार कार्यक्रम गरिएको हो ।’
“ल्हो”को अर्थ साल, सम्वत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछन् । ल्हो बाह्रवटा हुन्छन् अर्थात् यसलाई ‘ल्होखोर च्युङी’ भनिन्छ । विभिन्न पशुपंक्षीको नामवाट “ल्हो”को नाम राखिएको हुन्छ । बाह्र “ल्हो”मध्ये प्रत्येक वर्ष एक–एकवटा “ल्हो” फेरिन्छ । यही “ल्हो” फेरिने दिनलाई तामाङ भाषामा “ल्होछार” भनिन्छ । यो पर्व तामाङहरुले आफ्नो धार्मिक एवं साँस्कृतिक परम्परा अनुसार लगातार १५ दिनसम्म नै मनाउँदछन् ।
संसारभर खास गरेर मंगोल मूलका देशहरुमा यसैदिनदेखि “ल्होछार” पर्व वडा हर्षेाल्लासकासाथ धुमधामले मनाइन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार