सुनकोशी गाउँपालिकाको आन्दोलन अझै सशक्त हुने संकेत

माग पूरा नभए सुनकोशी भित्रको सरकारी कार्यालय र सडक अवरुद्ध गर्ने घोषणा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिकामा ताला बन्द गरेको आज ४ दिन पूरा भएको छ। गाउँ कार्यपालिकाको बैठकले प्रशासनिक केन्द्रको विषयमा गरिएको निर्णय प्रति असन्तुष्ट जनाउँदै गरिएको ताला अझै खेल्ने मेलोमेसो देखिएको छैन। संघर्षरत समुहले दैनिक रुपमा पालिका भवन अगाडि धर्ना दिरहेको छ भनें स्थानीय सरकार पक्षले वार्ता वा सहमतिको लागि कुनै तदारुकता नदेखाएको संघर्ष समितीले जनाएको छ। जसले गर्दा आन्दोलन अझै सशक्त रुपमा अघि बढाउने संघर्ष समितीले विज्ञप्ति मार्फत जनाईरहेका छन्।

सुनकोशी कार्यपालिकाले गत २९ गतेको निर्णयमा अपायक केन्द्र सियालेलाई तोकेको निर्णय सच्याउन माग गर्दै संघर्ष समितिले आग्रह गर्दै आज चौथो दिन पनि आन्दोलन जारी राखेको छ। शुक्रबारसम्म माग पूरा नभए आइतबारदेखि सुनकोकोशी भित्रका सरकारी कार्यालय र सडक ठप्प गर्ने संघर्ष समितिले सार्वजनिक गरिसकेको छ।

संघर्ष समितिले संघियताको मर्म अनुसार भौगोलिक र सुविधाको हिसाबले वडा नं. ५ स्थित सुनखानीमा केन्द्र तोक्नुपर्ने जोडदार माग राख्दै आएको छ। जसका लागि स्थानीय ४ जनाले जग्गा समेत निशुल्क उपलब्ध गराउने घोषणा सहित निवेदन हालेको छ। वडा नं. ४ र ५ सुनकोशीको विकासका हिसाबमा समेत विकट र पछि परेकोले सुनखानी केन्द्र बनाउँदै गर्दा बिकेन्द्रीकृत विकास हुने आन्दोलनरत समुहको ठम्याई छ।

विज्ञप्ति

यति मात्र नभै गाउँपालिकाको अध्यक्षको रुपमा चुनाव उठ्दै गर्दा अध्यक्ष टपेन्द्र तिमल्सिनाले आफुलाई जिताएमा सुनखानीमा गाउँपालिका भवन बनाउने भनेंर आश्वासन दिएको स्थानीयहरु जिकिर गर्छन्।

यता पालिका अध्यक्ष तिमल्सिनाले यस विषयमा बुझ्दा भोलि फागुन ५ गते संघर्षरत पक्ष संग वार्ता बस्ने तयारी गरिरहेको बताउनुभयो।

४ गतेको विज्ञप्ति

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार