सुनकोशी गाउँपालिकामा ताला !

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सुनकोशी गाउँकार्यपालिकाको प्रशासनिक केन्द्रको विषयमा गरिएको निर्णयको विरोध स्वरुप आज कार्यालयमा ताला लगाएका छन्। गाउँपालिकाको भवन संघियताको मर्म र जनताको पहुँच नपुग्ने अप्ठ्यारो स्थान तोकेपछी आज संघर्ष समिती र असन्तुष्ट पक्षको तर्फबाट ताला लगाएको वडा नं. ५ का अध्यक्ष जलबहादुर लामाले बताउनुभयो।

चुनावको बेला भोट माग्ने बेला वडा नं. ५ सुनखानी नै गाउँपालिकाको केन्द्र पर्ने र यहि स्थानलाई प्रशासनिक केन्द्र बनाउने झुठा आश्वासन दिएर अहिले गलत निर्णय गरेर धोका दिएको आरोप स्थानीयको छ। यसै विषयमा संघर्ष गर्न समिती नै खडा गरेर उनीहरु अघि बढिरहेको छ।

उपाध्यक्ष सहित २ वडा अध्यक्ष र १ कार्यपालिका सदस्यद्वारा बैठक बहिष्कार

यहि माघ २९ गते सुनकोशी गाउँपालिकाको कार्यपालिका बैठक बस्दै थियो। उक्त बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउँपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाबले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ र यो बिषयमा अब हुने गाउँसभामा मुख्य एजेन्डाको रुपमा राखेर निर्णय गराउन ज्ञापनपत्र मार्फत बुझाएको थियो। संघर्ष समितिले सकेसम्म छलफलबाटै निष्पक्ष ढंगले सुनखानीमै केन्द्र तोकि भवन बनाउन निर्णय गरियोस भनि सम्पूर्ण सरोकारवालाहरु उपस्थित भई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को बैठकहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो।

सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा केन्द्र पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा, सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा, सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्य ले बैठक बहिस्कार गरेको थियो।

संघर्ष समितिले विज्ञप्ति जारी गर्दै तत्काल यो निर्णय सच्याएर वार्ताको माध्यमबाट निकास निकाल्न दबाब समेत दिएको छ। विज्ञप्तिमा भनिएको छ, “स्थानीय सुनकोसी सरकार र संघर्ष समिती बिच सहमति नभएसम्म आन्दोलन जारी रहनेछ।”

विज्ञप्ति;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार