सुनकोशी गाउँपालिका केन्द्र विवाद उत्कर्षमा, निर्णय नसच्याए संघर्षमा उत्रिने चेतावनी

गाँउपालिका केन्द्रको बिषय नमिल्दा उपाध्यक्ष र वडा अध्यक्षबाट बैठक बहिस्कार

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सुनकोशी कार्यपालिकाको प्रशासनिक केन्द्रको विषय विवादमा छ। यो विषय अझै पेचिलो बन्दै गएको छ। कारण चुनावको बेला भोट माग्ने बेला वडा नं. ५ सुनखानी लाई प्रशासनिक केन्द्र बनाउने झुठा आश्वासन दिएर अहिले अपायक अनि अप्ठ्यारो स्थानमा केन्द्र तोक्दा विवाद झनै उत्कर्षमा पुगेको स्थानीयहरु बताउँछन्। यस विषयमा संघर्ष गर्न समिती नै खडा गरेर अघि बढिरहेको छ।

निर्णय सच्याउन सुनकोशीको संघर्ष समिति आग्रह गरेको छ।
सुनकोशी गाउँपालिकाले दोस्रो कार्याकालको हाल सम्मको अवधीमा पनि पालिका केन्द्र तोकेर आफ्नो प्रशासकिय भवन बनाउन सकेको छैन।

यहि माघ २९ गते सुनकोशी गाउँपालिकाको कार्यपालिका बैठक बस्दै थियो। उक्त बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउँपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाबले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ र यो बिषय आजको गाउँसभामा मुख्य एजेन्डाको रुपमा राख्न ज्ञापनपत्र मार्फत बुझाएको थियो। संघर्ष समितिले सकेसम्म छलफलबाटै निष्पक्ष ढंगले सुनखानीमै केन्द्र तोकि भवन बनाउन निर्णय गरियोस भनि सम्पूर्ण सरोकारवालाहरु उपस्थित भई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो।

सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा केन्द्र पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा, सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा, सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्य ले बैठक बहिस्कार गरेको छ।

पालिका भवन सुनखानी मै बन्न पर्ने र भौगोलिक र सुनकोशीको बिच भाग नै सुनखानी भएकोले यहि स्थान उपयुक्त हुने उपाध्यक्षकान्छी लामाको माग छ । समग्र सुनकोशीको बिकासका लागि सुनखानी हुनु पर्ने भन्दै संघर्ष समिति नै बनाएर नि:शुल्क जग्गा मिलाएको पालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले चुनाबको बेला पनि सुनखानि नै पालिका भवन बनाउने बाचा गरेकोले बाचा पूरा गर्ने बेला आएको वडा अध्यक्ष लामाले बताउनु भयो।

भुगोलको हिसाब र सुनकोशीको बिकेन्द्रीत बिकासका लागि सुनखानी नै बन्नु पर्ने सुनकोशी ४ का अध्यक्ष भोजलाल श्रेष्ठले बताउनु भयो।
सुनकोशी सरकारले भौगोलिक अबस्था, विकट भन्दै सँधै ४ र ५ नं. वडा पछाडि पार्दै अन्याय गरेको पार्टी भन्दा पनि माथि उठेर समग्र बिकासका लागि जस्तोसुकै परिस्थितिको सामान गर्ने सुनकोशी संघर्ष समितिका अध्यक्ष छिरीङ लामाले बताउनु भयो।

उक्त निर्णय तत्काल सच्याउन आग्रह गरिएको छ। यदि सचिदैन भने अब आइन्दा कुनै पनि कार्यक्रमहरू सुनखानीमा गर्न नदिने सुनकोशी ५ का संघर्ष समितिका अध्यक्ष कुमार बस्नेतले बताउनु भयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार