पोखरा घेदुङले सोनाम ल्होछारको अवसरमा पोखरामा खुला तामाङ सेलो नृत्य प्रतियोगिता गर्दै

  जन्मभूमि संवाददाता

पोखरा
नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आगामी ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिए ।
उनले हालसम्म २० टिमले दर्ता गरिसकेको बताउदै आगामी शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने बताए । उनका अनुसार सो प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

संयोजक तामाङले सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजार ट्रफीसहित प्रमाणपत्र प्रदान गरिने बताए ।

उनले तामाङ समुदायको संस्कृतिलाई संरक्षण, संबद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउदै प्रतियोगितामा तामाङ समुदाय बाहेक अन्य समुदायका नृत्य समूहले पनि सहभागिता जनाउन पाउने तामाङले बताए ।

‘यो प्रतियोगिता हामीले हाम्रो संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित आयोजना गरेका हौं । त्यसैले तामाङ समुदाय मात्र नभएर अन्य समुदायबाट पनि भाग लिन पाउनुहुनेछ, उनले भने, ‘तर पोशाक र गीत भने तामाङ सेलोमा आधारित हुनुपर्नेछ ।’

सो प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् भने गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङले सांगीतिक प्रस्तुत राख्ने आयोजकले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार