सुनकोसी गा.पा. भवन केन्द्रविन्दु सुनखानी मै बनाउन जोड, भवनका लागि ८ रोपनी जग्गा उपलब्ध

सुनखानिले उपलब्ध गरायो पालिका भवनका लागि नि:शुल्क जग्गा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको सुनकोशी गाँउपालिकाले दोस्रो कार्यकालको डेढ वर्ष पुग्दा समेत आफ्नै भवन निर्माण गर्ने सुरसार गर्न सकेको छैन। पालिका भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा कुरा नमिल्दा समस्यामा अल्झिएको जानकारहरु बताउँछन्।

यसै सिलसिलामा सुनखानि डाँडामा त्यहाँका ४ जना बाट २/२ रोपनि गरि ८ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता सहित निवेदन र जग्गाको पुर्जाको फोटोकपी समेत बुझाएका छन्।

सुनकोशी ५ सुनखानि निबासी बिरबल तामाङ, ईश्वर तामाङ, श्याम तामाङले सुनकोशी गाँउपालिकाको प्रशाशकिय भवन बनाउन जग्गा उपलब्ध गराउने प्रतिबद्धता सहित निवेदन दिएको छ।

यस गाउँपालिकाको वडा नं. ५ सुनखानि भौगोलिक हिसाबले केन्द्रमा पर्ने यहाँका युवा नेता थुप्तेन ग्याल्बो लामा बताउनुहुन्छ। समग्र गाउँपालिकाको विकेन्द्रीकृत बिकासका लागि सबैभन्दा उपयुक्त स्थान सुनखानी बाहेक अरु नहुने उनको धारणा छ। उहाँ भन्नू हुन्छ, “यदि अहिलेका जनप्रतिनिधिहरुले ठूलो दिलले खुल्ला सोचेर आफ्नो वा अर्काको नभनी साँच्चै यस पालिकाको बिकास सोचेको हो भनें सुनखानी मै पालिकाको प्रशासनिक भवन बनाउन आवश्यक छ।” अरु केही पालिकाले आफू अनुकुल प्रशासनिक भवन निर्माण गर्दा जनताले सास्ती बेहोर्न बाध्य भएको उनको धारणा छ।

त्यसैले पनि संघीयताको मर्मलाई समेत न्याय हुने गरि पालिकाको केन्द्र सुनखानीमा भवन निर्माणका लागि आवश्यक जग्गा दिन वडा भित्र अभियान नै थालेको उनले बताए।

गत मंसिर २२ गते प्रशासनिक भवनका लागि जग्गा उपलब्ध गर्ने गाउँपालिकाले ३५ दिने सुचना निकालेको ५ नं. वडा अध्यक्ष जलबहादुर तामाङले जन्मभूमि पोष्टलाई जनाए। गाउँपालिका भवन सुनखानी मै बनाउनु पर्ने र यहि कार्यकालमा बनाउनु पर्ने प्रस्ताव समेत आफैले गत कार्यपालिका बैठकमा टेबल गरेको स्मरण गराउनुभयो। उनका अनुसार यो समय सके पछि पहिलो कार्यापालिका बैठक ले नै केन्द्र र भवनको बारेमा छ्लफल गरेर अबको हिउँदे गाउँसभाबाट टुंगोमा पुर्याउने योजना छ। थप्दै उनले भनें, “यो विषयमा अलि बढी जिम्मेवारी कार्यापालिका मा बहुमत सदस्य काङ्ग्रेसको भएको ले उहाँहरुको विशेष भुमिकाहुनुपर्छ भन्ने मेरो धारणा हो।”

स्थानीय चुनावमा समेत अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना ज्युले भोट माग्दै गर्दा सुनखानि नै बिच हो, पालिका भवन सुनखानि मै बनाउने भनी यहाँका स्थानीयबासिलाई आश्वासन दिएर भोट लिएको बिर्सिन नहुने यस वडाका नेपाली कांग्रेस इकाई सभापति अधिराजकुमार बस्नेतले स्मरण गराउनुभयो। त्यति मात्र नभै अरू पार्टीका उम्मेदवारहरूले पनि सुनखानि नै सेन्टर भएकोले सबैले मिलेर सुनखानि बनाउन पर्छ भन्ने कुरा ७ वटै वडाका स्थानीयहरु जानकार रहेको उनको भनाइ छ।

पालिका भवन सुनखानि बनाउन पर्ने माग सहित पटकपटक कुरा उठाउदै आएको र सुनकोशी ५ को वडा कार्यालय सँगै अति उपयुक्त भएको आवश्यक परे सुनखानिको वडा भवनको जग्गा पनि सँगै एकै ठाँउमा जग्गा दाता रहेको २ रोपनि १० आना भन्दा माथि पनि थप गर्न सकिने वडा अध्यक्ष जाल बहादुर लामाले बताउनु भयो।

केही समय अगाडि पुर्व वडा अध्यक्ष कृष्ण बहादुर खड्काको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति नै गठन गरेर अभियान सुरू गरिएको सुनखानिमा पालिका ल्याउन सबै राजनितीक दलहरू एक रहेको सुनकोशी ५ का काँग्रेस ईकाई सभापति कुमार बस्नेत थप्नुहुन्छ।

 

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार