भविष्यमा स्वास्थ्यमा जनशक्ति अभाव हुन नदिन ऐन संशोधन अति आवश्यक छ; मन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शास्त्रमा कोटा बढाइने स्वास्थ्य मन्त्रीको दावी

  प्रीतम कुमार तामाङ

काठमाडौं,
नेपाल चिकित्सक संघको आयोजनामा आईतबारदेखि राजधानीमा सुरु भएको तेश्रो एनएमए नेशनल हेल्थ समिटको उद्घाटन सम्पन्न भएको छ। उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शास्त्र पढ्न चाहने विद्यार्थीहरुको चाहना र भविष्यमा हुन सक्ने स्वास्थ्य क्षेत्रको जनशक्ति अभावको अवस्था आउन नदिन चिकित्सा शिक्षा ऐन तत्काल संसोधन आवश्यक रहेकोमा जोड दिनुभएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर छिट्टै चिकित्सा शास्त्रमा कोटा बढाइने बताएका छन्। चिकित्सा शास्त्र अध्ययन गरेका व्यक्तिहरुलाई स्वदेशमै रोजगारी दिने गरि आफुले स्वास्थ्यमा दरबन्दी बढाउन पहल गरिसकेको बताउदै त्यसको परिणाम चाडै देखिने दावी गरे । काम गर्ने जागर कायम रहेकै बेला उमेर हदका कारण अवकास प्राप्त गरेका विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि आफ्नो थप सेवा प्रदान गर्न सकून भन्ने ध्येयले आफूले ३०० बेड भन्दा माथिका अस्पतालहरुमा एमविविएसको पठन पाठन गर्न सक्ने निर्णय गरेर क्याविनेटमा पठाएको मन्त्री बस्नेतले जानकारी दिए । १०० देखि ३०० बेडसम्मका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन सकिने निर्णय गरेकोले त्यसमा नेपाल चिकित्सक संघले सहयोग गर्नु पर्ने मन्त्री बस्नेतले बताए ।

राम्रो काम गर्दा गर्दै पनि बदनाम गर्न एक गिरोह पछि लागेको दावी गर्दै राम्रो काम गर्दा कुनैको पनि डर मान्नु पर्ने अवस्था नरहेकोमा जोड दिए । कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हुने खानेका लागि मात्र नभएर हुँदा खानेको लागि पनि स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताए । समिट आयोजक कमिटिका अध्यक्ष प्रा. डा. चोपलाल भुसालले स्वास्थ्य सेवामा सवैको पहूँच हुनु पर्ने गरि राज्यले नीति बनाएर कार्यान्वयन गर्नु पर्ने आवश्यकता औल्याए ।
त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले आयोग ऐन अनुसार सञ्चालन हुने भएकाले ऐन शंसोधन गरे पछि कोटा बढाउन सकिने बताए । बैज्ञानिक कमिटीका संयोजक डा. आशिष श्रेष्ठले समिटमा समावेश गरिएका बिषयगत छलफलले स्वास्थ्य सुधारमा उल्लेखनिय भूमिका खेल्ने बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई हस्तान्तरण गरिने र त्यसले निति निर्माणमा सहयोग पुग्ने बताए । सम्मलेन सोमबार सम्पन्न हुने छ । सम्मेलनमा आईतबार विभिन्न ४ वटा विषयमाथि प्यानल डिस्कसन भएको थियो । सम्मेलनमा स्वास्थ्य क्षेत्रका ३०० भन्दा बढीको सहभागिता रहेको थियोे ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार