इन्दिरा योन्जनको “वसन्तले” सार्वजनिक

  जन्मभूमि संवाददाता

काठमाडौं
बरिस्ठ गायिका इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो ‘वसन्तले’ भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ। गीतको शब्द गोविन्द गिरी‚ सङ्गीत चन्द्रकुमार दोङ र सङ्गीत संयोजन पवन वाङ लामाको रहेका छन्।

भक्त स्याङ्तानको निर्देशनमा तयार म्युजिक भिडियोको सम्पादन सूर्य लामाले गरेका छन्। त्यस्तै भिडियोमा मिलन थिङ ‘पराङ’ र रेणुका लामाले अभिनय गरिएको छ।

गायिका इन्दिरा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका लिसंखुबाट गायिका बन्ने सपना बोकेर सहर पसेकी थिइन्। बरिस्ठ गायिका योन्जन केही वर्षको अन्तरालपछि गीतसङ्गीत क्षेत्रमा पुनः फर्किएकी हुन्। उनी भन्छिन्‚‘यो गीतसङ्गीत मेरो नसा नसामा पसेको छ‚ यसलाई निरन्तरताका लागि नयाँ गीत ल्याएको हुँ। नयाँ आधुनिक गीत वसन्तले फेरि त्यही दिनतिर पुर्‍याएको छ।’

उनी यो बीचमा सामाजिक कार्यमा व्यस्तता भएकाले गीतसङ्गीतमा केही अन्तर रहेको बताउँछिन। उनी राष्ट्रिय बाल अधिकार परिषदका सदस्य समेत भइसकेकी छिन्। गायिका योन्जनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट बी म्युज पढेकी हुन्। ग्रामीण विकासमा स्नातकोत्तर गरेकी उनले भारतको इलावादबाट शास्त्रीय सङ्गीतमा समेत ४ वर्षको कोर्स गरेकी छिन्।
उनीले दर्जनौँ तामाङ सेलो एल्बममा स्वर दिइसकेकी छिन्। ‘उँभो उँभो लाग्यो भेँडीको बथान’‚ ‘चिसो त पानी…,’ ‘ल्याइदेउ न आप्पा’‚ ‘सेलो सङ्गम’, ‘चलनचल्ती’‚ तोरतोर ल्हाला ह्री न्हाङरि…‚ चलनचल्तीरि गीत चर्चित थिए। उनीले गायनको क्रममा स्वदेशका गाउँ गाउँदेखि विदेशको भ्रमण समेत गरिसकेकी छन्। आफ्नै यूट्युब च्यानल संचालनमा ल्याएकी उनीले यो गीत त्यसै च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार