तामाङ चलचित्र मायाला घ्रान चाँडै प्रदर्शन हुँदै, टिजर र गीत सार्वजनिक

  जन्मभूमि संवाददाता

काठमाडौं
तामाङ भाषाको चलचित्र पेमा लामा योञ्जनको मायाला घ्रान अर्थात मायाको कसमको अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक गरिएको छ ।
शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन मार्फत चलचित्र निर्माण पक्षले उक्त चलचित्रको अफिसियल टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक गरिएको हो । माया प्रेम संग सम्बन्धित उक्त चलचित्र विलकुलै व्यवसायीक चलचित्र रहेको चलचित्रको निर्देशकद्धय निमा लामा तामाङले बताएको छ । जिम्बा फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण गरिएको उक्त चलचित्र कहिल्यै नदेखिएको विलकुलै फरक कथा वस्तु नभएर देखेकै कथा वस्तुलाई फरक ढंगले प्रस्तुत गरेको हुंदा चलचित्र हेर्न हलसम्म आउने दर्शकका लागी एउटा राम्रो चलचित्र निर्माण गर्ने प्रयास रहेको उनले बताए ।

चलचत्रिका निर्माता पेमा लामा योञ्जनको अनुसार १२ देखी १५ लाख सम्ममा निर्माण सम्पन्न हुने यो चलचित्रले यस पटक आम दर्शकहरुको मन जित्ने कुरामा ढुक्क रहेको बताए । उनको अनुसार चलचित्र निर्माणको सिंगो टिम नै यो चलचित्रलाई तामाङ चलचित्रको बजारमा मात्र नभएर आम चलचित्र बजारमा नै व्यवसायीक तवरले सार्वजनिक गर्ने तयारी रहेको बताए । व्यवसायीक तवरले निर्माण गरेको यो चलचित्र नेपाली भाषामा समेत डबिङ गरेर नेपाल अधिराज्यभर चलाउने तयारी समेत रहेको बताए ।
चलचित्रको नायक कृष्ण लामाले भने तामाङ चलचित्रको बजारमा संधै संस्कार संस्कृति संग सम्बन्धित एकै खालको चलचित्र मात्र ल्याउनुपर्छ भन्ने मान्यता होईन । तसर्थ यो पटक संस्कार संस्कृति भन्दा पनि माथि उठेर तामाङ भाषाको प्रयोग मार्फत एउटा फरक धारको व्यवसायीक चलचित्र निर्माण भएको र यो चलचित्रलाई आफ दर्शकले माया गर्ने अपेक्षा समेत व्यक्त गरेका थिए । चलचित्र मायाला घ्रानमा यस पटक नायक कृष्ण लामा र नायीका अविना गोलेको साथ पहिलोपाटक नायकको रुपमा प्रस्तुत भएको नव नायक आशिष रुम्बा यस अघिका केही पुराना चलचित्रमा बाल कलकारको रुपमा भुमिका निर्वहा गरेका थिए । त्यसै गरि उनि संगै पहिलो पटक क्यामेरा फेस गरेकी नव नायीका छिरिङ मोक्तानले पनि दर्शकको लागी यो चलचित्रमा नयाँ स्वाद रहनेछ । यी दुवै जना नव नायक र नव नायीकाले दर्शकको माया पाए सम्म तामाङ चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बताएका छन् ।
शनिबार सम्पन्न पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल सितोरियो कराते संघका केन्द्रीय सदस्य तथा नेपाली तामाङ चलचित्रका नायक ज्ञान बहादुर जिम्बा रहेका थिए भने विशिष्ट अतिथिमा काठमाडौ जिल्ला सितोरियो कराते संघका सदस्य रुप बहादुर स्याङ्तान र तामाङ चलचित्रका महानायक अमिर दोङ रहेका थिए । त्यसै गरि अतिथिहरुमा नायक जय स्याङ्तान लगायत अन्य थुप्रै कलाकार तथा व्यवसायीहरुको समेत उपस्थिति रहेका थिए ।
पेमा लामा योञ्जन, कालू मान रुम्बा र कुमार मोक्तनको संयुक्त लगानिमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन निमा लामा तामाङले गरेको छ भने कथा लेखन नायक कृष्ण लामाले गरेका हुन् । चलचित्रको पट कथा निमा लामा तामङको रहेको छ । त्यसै गरि द्धन्द सुरज श्रेष्ठको रहेको छ भने नृत्य निमा लामा तामाङकै रहेको छ । संगीत निर्देशकद्धय निमा लामा तामाङ र देब स्याङ्तानको रहेको छ । गीतमा नेपाल तामाङ कलकार संघको नव निर्वाचित अध्यक्ष एवम् चर्चित गायक तथा संगीतकार बिशाल काल्तान, सुरेश लामा, जितु लोप्चन, सुमिना लो लगायतका गायक गायीकाको आवाज रहेको छ ।
चलचित्रमा नायक कृष्ण लामा, नायीका अबिना गोले, आशिष रुम्बा, छिरिङ मोक्तान लगाय अन्य कलाकारहरुको अभिनय रहेको छ । सुर्य लामाले छायांकन गरेको उक्त चलचित्रको सम्पादन बिस्वाश भण्डारीले गरेका हुने भने रंग सम्पादन सुर्य लामाले गरेका हुन् ।

गित;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार