जिरी सडक खण्डको ५ किलोमा स्कार्पिओ दुर्घटना हुँदा २ को मृत्यु, घाइते ४ जना धुलिखेल

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर ७ स्थित ५ किलो भन्ने ठाउँमा स्कोर्पियो गाडी दुर्घटना भएको छ। दोलखाबाट खाडिचौर तर्फ आउँदै गरेको बा.१५ च.९३७० नम्बरको गाडीमा ६ जना सवार थिए। आज बिहान करिब ३ बजे भएको उक्त घटनामा २ को मृत्यु भएको छ भनें ४ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाडौं नागर्जुन नगरपालिका ४ को वर्ष २६ का चालक उत्तम महर्जन र नाम नखुलेको अर्को एक जना रहेको जिल्ला प्रहरी सिन्धुपाल्चोकका सुचना अधिकृत सन्दिप कु. यादवले जानकारी दिनुभयो।
उनका अनुसार घाइते हुनेमा रामेछाप उमाकुण्ड २ बस्ने वर्ष २७ को संगिता बराइलि र उनकि छोरी वर्ष ८ कि उषा बराइली, रामेछाप गोकुलगंगा १ बस्ने वर्ष ५५ कि डोल्मा शेर्पा र काठमाडौ नागर्जुन ४ बस्ने बर्ष १४ को प्रसाद महर्जन रहेका छन् ।

घाइते ४ जनाको स्थानीय सदाबहार अस्पतालमा सामान्य उपचार पश्चात् धुलिखेल अस्पतालमा रिफर गरिएको जानकारी प्राप्त भएको छ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार