काठमाडौं
यहि सेप्टेम्बर ३ तारेखका दिन हङकङ स्थित याउ मा तेई कम्युनिटी हलमा हुन गइरहेको डम्फू साँझ २०२३ का लागि नेपालबाट चर्चित गायक विशाल काल्तान सहित जितु लोप्चन, उर्गेन दोङ र दुर्गा गुरुङ जाने भएको छ। बेलुका ७ बजेदेखी हुने उक्त सांगीतिक साँझ “हाम्रो संस्कृति हाम्रो शान, बचाऔं आफ्नो पहिचान” नारा सहित हुन गइरहेको आयोजक हङकङ घेदुङले जनाएको छ।
कार्यक्रममा सेलोको धुनमा गायक विशाल र गायिका जितुले भरपुर मनोरञ्जन दिलाउने भएकोले सोही दिन हङकङमा रहनुभएका सम्पुर्णमा उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।