भोलि घेदुङ र मगर संघ सिरहाले जिल्ला प्रशासनमा धर्ना र ज्ञापनपत्र बुझाउने

  जन्मभूमि संवाददाता

काठमाडौं
अधिवक्ता उर्फ अभियुक्त भगवती पाण्डेले तामाङ समाज र मगर समाजको विरुद्धमा मानमर्दन हुने अभिव्यक्तिको विरुद्ध भोलि श्रावण २२ गते सिरहा तामाङ घेदुङ र मगर संघले १ घण्टा जिल्ला प्रशासन अगाडी शान्तिपुर्ण धर्ना र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तय भएको छ। यसका साथै गत १७ गते टेकु प्रहरीले शान्तिपुर्ण आन्दोलनका क्रममा प्रहरीले गरिएको दमन र ज्यादतीको तत्काल छानबिन गरि कारबाहीको माग समेत गर्ने बताएका छन्।

घेदुङ र मगर संघ सिरहाले सम्बन्धित सम्पुर्णमा उपस्थितिका लागि हार्दिक आग्रह समेत गरिएको छ। कार्यक्रममा उपस्थित भै जातीय विभेदको विरुद्ध एकताबद्ध हुन समेत अपिल गरिएको छ। हिजो बसेको तयारी बैठकको छलफल अनुसार आयोजक संस्थाहरुले मोटरसाइकल र्याली सहितको कार्यक्रम हुने जनाएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार