अन्तराष्ट्रीय तामाङ परिषदद्वारा अधिवक्ता पाण्डे प्रकरण प्रति ध्यानाकर्षण

महिला आन्दोलनकारीलाई पुरूष प्रहरीहरूको चरम शारीरिक र मानसिक यातनाप्रति अन्तर्राष्ट्रिय तामाङ परिषद्को ध्यानाकर्षण भएको छ।

  जन्मभूमि संवाददाता

काठमाडौं
अन्तर्राष्ट्रिय तामाङ परिषद्ले अधिवक्ता भगवती पाण्डे ‘शितल’ले तामाङ र मगर जातिमा दाजु-बहिनीबीच विवाह हुने भएकाले आनुवांशिक रूपमै ति जातिहरू अपराधी हुन्छन् भनी दिएको आपत्तिजनक एवं जातीय घृणा र विद्वेष फैलाउने भ्रामक अभिव्यक्तिले नेपालसहित विश्वभरिका तामाङ समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको बताएका छन् ।

शनिबार बिज्ञप्ति जारी गरी अधिवक्ता पाण्डेको अभिव्यक्तिविरूद्ध जिल्ला प्रहरी परिसर टेकुमा शान्तिपूर्ण धर्नामा प्रहरीद्वारा आन्दोलनकारीलाई नियन्त्रणमा लिएर परिसरभित्र लगि मरणासन्न हुनेगरी कुटपिट गरी गम्भीर घाइते बनाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘शान्तिपूर्ण भेला गर्न पाउने हकसमेत निस्तेज पारेको छ’‚ महासचिव टासी लामाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ‚ ‘घटनामा संलग्न दोषीहरूमाथि तत्काल कानुनी कारबाही गर्न अन्तर्राष्ट्रिय तामाङ परिषद् जोडदार माग गर्दछ ।’
घट्नामा यतिमात्र नभइ महिला आन्दोलनकारीलाई पुरूष प्रहरीहरूले जथाभावी चरम शारीरिक र मानसिक यातना दिइयो । यो अत्यन्तै दुखद र निन्दनीय घटना नागरिक अधिकार, मानवअधिकार तथा कानुनी शासनविरूद्ध समेत भएकाले प्रहरी दमनप्रति परिषदको गम्भीर ध्यानाकर्षण भएको महासचिव लामाले बताए ।

यस्तै महासचिव लामाले टेकु दमन अन्तरास्ट्रिय मानब अधिकारको न्युनतम मूल्य मान्यता र नेपालको संबिधान र प्रचलित कानुनको बिरुद्द भएकोले दोषीलाइ तत्काल कारबाही माग गरेको छ। त्यस्तै सरकारले बेवास्त गरे घटनालाइ अन्तरास्ट्रिय कारण गरिनेसमेत चेतावनी दिएका छन् ।
यस्तै महासचिव लामाले परिषद्का सदस्य संस्थाहरुले सम्बन्धित देश स्थित नेपाल कुटनीतिक नियोगहरुमा ज्ञापन पत्र बुझाउने जानकारी दिए ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार