१२ कक्षा सम्म निशुल्क गरेका मेयर बस्नेतले बयलकोटीको दु:खद खबरले पिडा बोध गरेको बताए

"यस्तो दु:खद खबर सुन्दा पीडा बोध हुन्छ" - मेयर बालकृष्ण बस्नेत

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
धादिङ चैनपुर ७ का १९ वर्षीय जितबहादुर बयलकोटीले आत्माहत्या गरेका छन् । उनी भोलि देखि सुरु हुन लागेको कक्षा १२ को परीक्षा दिने क्रममा थिए। उनले फि तिर्न नसक्दा र परीक्षा पास लिन नसक्दा आत्माहत्या जस्तो गम्भीर निर्णय लिन पुगेको उनको परिवारले जनाएका छन्।

यो समाचार अहिले हावाहुरी सरह फैलिएको छ। यस्तो दु:खद खबर सुनेर आफुले पिडा महशुस गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताउनुभयो। २१ औं शताब्दीमा यति सानो विषयमा एउटा होनहार युवाले ज्यान गुमाउनु दु:खद रहेको उनको भनाइ छ। मेयर बस्नेतले स्थानीय निर्वाचन २०७९ जित्ने बित्तिकै आफ्ना नगर भित्र कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने निर्णय गरेका छन्। गरिब, जेहेन्दार विद्यार्थीहरुले आर्थिक स्थिति कमजोरी कै कारण पढ्न नपाउने वातावरण हुन नदिन उनले यस्तो जनप्रेमी निर्णय गरेका थिए।

त्यसैले उनका अनुसार देशैभरका स्थानीय सरकारले यस्ता खबर सुन्ने दिन आउन नदिन आफ्नो स्थानीय तह भित्र कक्षा १२ सम्म निशुल्क अध्ययन गर्न पाउने वातावरण मिलाउन आवश्यक रहेको जनाउँछन्। नव नियुक्त स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनि सल्लाहमा हाल बाह्रबिसे, भोटेकोसी र त्रीपुरा सुन्दरीमा १२ सम्म निशुल्क पढाउँदै आएको छ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार