बुबाको ठेगान नभएको बच्चाको जन्मदर्ता गराउन गृहको यस्तो परिपत्र

  जन्मभूमि संवाददाता

काठमाडौं
गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार एकल महिलाबाट जन्मिएको पिताको ठेगान नभएको बच्चाको जन्म दर्ता गराउन परिपत्र गरेका छन्। देशैभरका ६७४३ वडाका सम्पुर्ण पञ्जिकाधिकारीलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ।

विभागका निर्देशक नघराज जैसीद्वारा जारी गरिएको पत्रको प्रकरण १ अनुसार विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरि बच्चा सहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने, प्रकरण २ अनुसार विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरि पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरि मावलीकै ठेगानामा आमालाई सुचक राखी जन्म दर्ता गरिदिने, प्रकरण (१) र (२) अनुसार बच्चाको जन्म दर्ता भैसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरि बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिने र प्रकरण (१) र (२) बाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यस अघिका परिपत्रअनुसार गर्न निर्देशन दिएका छन्।

पत्र;

बलेफी गाउँपालिकाको सार्वजनिक सुनुवाई;

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार